विविध कार्यक्रमसहित रेडक्रस दिवस सम्पन्न

नेपाल रेडक्रस सोसाइटीको ५६ औं स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ । रेडक्रस स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान, वृद्धाश्रममा फलफुल तथा पौष्टिक आहार बितरण, जिल्ला अस्पतल चौताराका विरामीलाई फलफुल वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
दिवसको अवसरमा चौतारा बजारमा प्रभातफेरी गरी जिल्ला शाखा कार्यालयमा आइ कोण सभामा परिणत भएको थियो । प्रभातफेरी तथा कोण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले रेडक्रस एक पवित्र संस्था भएको र यसको कार्यहरु विपरितमा परेका मान्छेहरुलाई सेवा पु¥याउने भएकाले सबैले रेडक्रसका कार्यमा सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रमका बिषेस अतिथि चौतारा नगरपालिकाका प्रमुख अमानसिं तामाङले रेडक्रसले गरेका कार्यहरु सराहनिय रहेको र यसका कार्यहरुले विपदमा परेका व्यक्तिहरुले सेवा पाइरहेको भन्दै आगामि दिनमा समेत रेडक्रसको कार्यहरु अझै समाजका लागि फलदायी हुनेमा जोड दिनुभयो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी धारहरुको र्ममत सम्भाहार त्यसै कोषबाटै गर्दै जानुपर्ने र यो आयोजनालाई दिगोरुपमा सञ्चालन गर्नु पर्नेमा भन्दै रेडक्रसलाई सहयोगका लागी समेत धन्यबाद दिनुभयो ।
कार्यक्रमका बिषेस अतिथि तथा रेडक्रस जिल्ला शाखा सभापती राजेन्द्रमान ताल्चाभडेलले रेडक्रसले गरेको सहयोगको सदुपयो भयो भने आगामि दिनमा समेत नँया कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने भन्दै खानेपानी आयोजना बाट निर्मित संरचनाहरुको समेत आगामि दिनमा संरक्षण गर्न स्थानियलाई अनुरोध गर्नु भयको थियो । कार्यक्रमका अतिथि तथा मेलम्ची नगरपालीका वडा नं १० का अध्यक्ष भक्त बहादुर खड्काले रेडक्रसले आफ्नो वडामा गरेको सहयोगले आफुहरु खुसि भएको र त्यसको आगामिदिन संरक्षण गर्ने कार्य आफुहरुको कर्तब्य रहेकोले त्यसलाई पुरागर्नेमा जोड दिनुभयो ।
खानेपानी आयोजनाबाट २२० परिवार लावन्बित भएका छन् । आयोजना बाट ६५ वटा धारको निमार्ण गरीएको नेपाल र्ेडक्रस सोसाइटीले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखा बाट सञ्चालन गरीएको भुकम्प पुर्नलाभ कार्यक्रम बाट कार्यक्र क्षत्र कुञ्चोक,नवलपुर,बाँडेगाउ, शिखरपुरमा २३ वटा खानेपानी आयोजना सम्पन्न भएको जिल्ला कार्यक्रम संयोजक अनिरुद्र न्यौपानेले बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.