५५ वर्षिया मनमायाको हत्या

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ की ५५ वर्षीया मनमाया तामाङको शुक्रबार राति हत्या भएको छ । हत्या अभियोगमा सोही ठाउँका २० वर्षीय वासुदेव वाइबालाई प्रहरीले पक्रिएको छ । के कारणले हत्या गरिएको भन्ने खुलेको छैन ।
अभियुक्त वाइबालाई इलाका प्रहरी कार्यालय, मेलम्ची ल्याई अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.