विषयगत कार्यालयहरुलाई जिससको ‘अल्टिमेटम’

लोकप्रिय समाचार/सदरमुकामा रहेका विषयगत कार्यलयहरुलाई स्थानिय तहमा जान र कार्यलय हस्तान्तरण गर्न जिल्ला समन्वय समितिले एक हप्ताको अल्टिमेटम दिएको छ । स्थानिय तहका प्रमुख तथा समन्वय समितिबिच हिजो बसेको बैठकमा उक्त अल्टिमेटम दिइएको हो ।

स्थानिय तहमा जानुपर्ने विषयगत कार्यललाई एक हप्ताको समयमा नगए ति कार्यलयमा ताला लगाईने समेत बैठकमा बताइएको छ । जिल्लामा हालसम्म ¥याप थ्रि र महिला तथा बालबालिका कार्यलय मात्र समन्वयमा हस्तान्तरण भएको जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले बताउनुभयो ।

सरकारले जिल्लामा रहेका जिल्ला प्राविधिक कार्यालय, वन, शान्ति समिति, शिक्षा, स्वास्थ्य, कृषि, पशु,  भू–संरक्षण, घरेलु महिला, सिञ्चाई, खानेपानी, शहरी विकास तथा भवन डिभिजन कार्यालय, जिल्ला खेलकुद विकास समितिलगायत सरकारी कार्यालयहरु जिल्लाबाट खारेज गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी बैठकमा पालिकाका प्रमुखहरुले कार्यालयका भौतिक सामाग्रि थुप्रीयर वसेको तर स्थानिय तहमा अभावको बिच काम गर्नुपरेको गुनासो व्यक्त गरेका छन् ।

प्रमुखहरुले भौतिक सामग्री अभावका कारण कार्य सम्पादनमा कठिनाई भएको जानकारी दिँदै विषयगत कार्यालयका कर्मचारी एक हप्ताभित्र स्थानिय तहमा नगएमा सदरमुकाममा गाडी ल्याएर सामाग्री पालिकामा लैजाने बताउनुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.