विश्वपर्यटन दिवसकै दिनपर्यटन क्षेत्र ठप्प पर्ने चेतावनीसहितश्रमिकद्वारा आन्दोलनको घोषणा



काठमाडौं, ११ असोज । सरकारले ३९ औं विश्वपर्यटन दिवधुमधामका साथमनाई मनाईरहँदापर्यटन क्षेत्रकाश्रमिकहरुले भने पर्यटन क्षेत्र नै ठप्प पारिदिने भन्दै आन्दोलनको घोषणा गरेका छन् । प्रेस विज्ञप्ति निकालेर यूनिट्राभ र अखिल नेपालपर्यटन मजदुर संघले अन्नपूर्ण तथामनास्लु पदमार्ग क्षेत्रमा रहेको सिण्डिकेटको विरुद्धमा आन्दोलनको  घोषणा गरेकाहुन् ।


अन्नपूर्ण तथामनाश्लु क्षेत्रमाहोटल व्यवसायीको अगुवाईमाविभिन्न स्थानीयक्लबलगायत स्थानीय सरकार समेतको मिलेमतोमा सिन्डिकेट लागु गरी श्रमिकमाथिअन्यायपार्ने कामभएको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुली र अखिल नेपालपर्यटन मजदुर संघका अध्यक्षरामचन्द्र ढुंगानाद्धारा संयुक्तरुपमाजारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । पर्यटन श्रमिकहरुमाथिभएको अन्यायलाई मुखदर्शक भएर हेरेर बस्न नसकिने भन्दै पर्यटन मजदुर संगठनहरुले उक्त चेतावनीदिएकाहुन् ।

पर्यटन मजदुरहरुले केहीहोटल संचालकले केहीब्यक्ति राखेर अन्नपूर्ण र मनाश्लु पदमार्गमाश्रमिकले खानाखाएपनिवानखाएपनि २०० रुपैंया लिएर श्रमिकमाथि ठगी गर्ने र सिन्डिकेट लगाउने कार्य भईरहेको भन्दै संयुक्तरुपमाविरोध गर्दै सरकारको ध्यानाकर्षण गराएकाहुन् । पर्यटन मजदुर संगठनहरुले यस विषयमाचासो दिई सिण्डिकेट लागु गर्न उदृत व्यवसायीएवं सरोकार पक्षलाई तुरुन्तै कारबाहीगर्न समेत नेपाल सरकारसँग माग गरेका छन् ।

विज्ञप्तिमा वनतथावातावरण मन्त्रालय, श्रम मन्त्रालय, गृह मन्त्रालय, संस्कृतिपर्यटन तथानागरिक उड्डयन मन्त्रालय र गण्डकी प्रदेश सरकारबीचआपसी समन्वय गरी श्रमिक संगठनबीच वार्ता र सम्वादमार्फत यथासिघ्र समस्या समाधानगरियोस्भनीमागगरिएको छ ।तत्काल समस्याको समाधाननभएमा १४ गतेदेखि आन्दोलनथाल्ने  र असोज २२ गतेसम्ममापनिमाग पुरा नभएमाट्रेकिङ पदमार्ग बन्दगर्ने र विदेशीएजेन्सिमापत्रचार गरी पर्यटन व्यवसायीका संगठनहरु टान, एक्याप, पर्यटन विभाग, नेपालपर्यटन बोर्ड, पोखरा पर्यटन कार्यालय लगायत सरोकार क्षेत्रकाकार्यालयमाधर्नाका साथै तालाबन्दीगरिदिने उनीहरुको चेतावनी रहेको छ ।

Lokpriyasamachar@. Powered by Blogger.