उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सम्मान

लोकप्रिय समाचार÷काठमाडौंः एकीकृत अखिल नेपाल शिक्षक संगठन काठमाडौंले पूर्वशिक्षामन्त्री,  उत्कृष्ट शिक्षक एवं विद्यालयहरुलाई सम्मान गरेको छ । संगठनले पूर्व शिक्षामन्त्रीद्वव गंगालाल तुलाधार र धनीराम पौडेल, पूर्वमन्त्री अग्नी सापकोटालाई सम्मान गरेको हो ।

यसैगरी शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा, एकीकृत खलिन नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी, संगठनका ३ नम्बर प्रदेश महासचिव भिम पोखरेल र विजय स्मारक माविका सहायक प्रअ झम्क चौलागाइलाई संगठनले सम्मान गरेको हो । उहाँहरु सवैलाई सभामुख कृष्णबहादुर महराले सम्मान गर्नुभएको हो ।

यसैगरी, संगठनले विश्न विश्वकेतन माविका प्रअ हेरम्वराज कँडेल, जनसेवा माविका प्रअ नन्दकुमारी महर्जन, जीतबहादुर लामिछाने, निर्मला शाक्यलगायतका शिक्षकहरुलाई उत्कृष्ट शिक्षक भन्दै सम्मान गरेको हो । संगठनले उत्कृष्ट विद्यालय भन्दै ज्ञानोदय मावि बाफल, आदर्श सौलयुवक मावि बुङमति, बालउद्दार मावि कपन, एलआरआइ स्कूल कलंकीलगायतलाई पनि सम्मान गरेको छ । यसैगरी, कार्यक्रममा डा. विहानी थापा, डा. टिकाराम भट्ट, ज्ञानबहादुर अधिकारीलगायत उत्कृष्ट शिक्षकहरुलाई समेत सम्मान र पुरस्कृत गरिएको छ ।

कार्यक्रम युएण्टोका प्रदेश नम्बर ३ का महासचिव भिम पोखरेलको सभापतित्व र काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष कमालदिन मियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.