पशुपक्षींं स्वास्थ्य शिविर सम्पन्न

दिपिन ढुङ्गाना/लोकप्रिय सामाचार- जनहित ग्रामिण सेवा समतिद्धारा अक्सफामसंगको साझेदारीमा १ दिने पशुपक्षीं स्वास्थ्य शिबिर तथा निशुल्क औषधी बितरण कार्यक्रम सम्पन्न भएको छ । हेलम्बु गाउँपालिका १ तिम्बुमा आयोजित सो शिबिरमा ५१ जनाले  ७२१ वटा पशुपक्षींको निशुल्क औषधी सेवा लिएका छन् ।

शिबिरमा गोबर जाँच १८, थुनेलो ७, कुपोषण ३७, आन्तरीक परजीवी  २७०, बाह्य परजीवी १९७, लुतो ३७, बाझोपन १५ र पशुपक्षीं समेतलाई भिटामिन लगायत बिभिन्न सेवा तथा औषधी बितरण गरीएको छ ।शिबिरमा १ वटा गोरु र ३ वटा बाख्रालाई बन्ध्याकरण समेत गरीएकोे छ ।


हेलम्बु गाउंपालिका को समन्वय र पशु सेवा शाखाको प्राबिधिक सहयोगमा संचालित शिबिरमा नाम्ले, घाउ, खटिरा, जुम्रा, किर्ना, थुनेलो, गोबर जांच, बाझोपन लगायतको औषधी बितरणका साथै बन्ध्याकरण गरीएको पशु सेवा प्रमुख टोप बहादुर बरुवालले जानकारी दिनुभयो । शिबिरमा भैसीं, बाख्रा, गोरु, कुखरा लगायतको निशुल्क
औषधी सेवा पाएपछि हेलम्बु ४ च्युरीखर्कका डोब बहादुर थापामगरले खुशि ब्यक्त गर्नुभयो ।

जनहित ग्रामिण सेवा समिति सिन्धुपाल्चोकको जिविको पार्जन कार्यक्रम अन्र्तगत पशुपक्षींका लागि आन्तरीक तथा बाह्य परजीवी नियन्त्रणका लागि निशुल्क शिबिर संचालन गरीएको कार्यक्रम अधिकृत केशव भुषालले बताउनुभयो ।समितिको सोहि कार्यक्रम अन्र्तगत यसअघि हेलम्बु गाउंपालिका १ का कृषक समुह तथा आमा समुहहरुलाई उन्नत खेती प्रबिधी तालिम र ब्यवसायिक योजना तर्जुमा गोष्ठि समेत संचालन गरीएको जानकारी दिनुभयो ।

संस्थाले हेलम्बु गाउंपालिका १ घयाङगुलमा ब्यवसायिक किवी खेती गर्ने ४० घरधुरीको ८०० बोट किवी को लागि फलामको थांक्रो सहयोग गर्ने तयारी गरेको कार्यक्रमको अनुगमन तथा मुल्यांङकन अधिकृत सोनिका थपलियाले जानकारी दिनुभयो ।

जिल्लाको हेलम्बु गाउंपालिका १ को तेम्बाथानमा हाल यो संस्थाले ह्योल्मो संस्कृती झल्किने ४१ घरधुरीको एकीकृत बस्ती निर्माणको कार्य गरीरहेको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.