टुकी संघद्वारा विद्यालयलाई सहयोग

रामबाबु कोइराला/लोकप्रिय समाचार- यूएस एड र यूनिसेफको साझेदारीमा टुकी संघ सुनकोशीले पुनस्थापनामा शिक्षा कार्यक्रम अन्तर्गत जिल्लाका बिभिन्न विद्यालयलाई सहयोग गरेको छ । संघले विद्यालयलाई टि.एल.सी निर्माणका साथै शैक्षिक सामग्री सहयोग गरेको हो ।

पुनस्थापनामा शिक्षा कार्यक्रम छ महिनादेखि ९ वटा जिल्लामा सञ्चालित छ । सिन्धुपाल्चोक जिल्लाको ७ वटा गाउँपालिका र ३ वटा नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको वास एण्ड डिडिआर अफिसर रबिन्द्र खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार पुनस्थापनामा शिक्षा कार्यक्रम विद्यालयमा आधारित कार्यक्रम हो ।

जस अन्तर्गत अभिमुखिकरण तालिम, शैक्षिक सामग्री वितरण, वाल शिक्षा  सम्बन्धी कार्यक्रम, विपद पूर्व तयारीका लागी कार्यशाला गोष्ठी र शिक्षक तालिम आदी रहेका छन् ।

सामुदायिक परिचालन  अफिसर गणेश दुलालले विद्यालय पठनपाठनका साथै खेलकूदका लागी समेत सुरक्षित स्थल हुनुपर्ने र त्यसैका लागी टुकी संघले विभिन्न  संस्थासँगको सहकार्यमा पुनस्थापनामा शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको जनाउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.