महांकाल स्वास्थ्यचौकी भवन हस्तान्तरण

महांकाल स्वास्थ्यचौकी भवन तथा सामग्री हस्तान्तरण तथा बर्थिङ सेन्टरको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
जापनीज रेडक्रस सोसाइटीको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत निर्माण भएको ५ कोठे स्वास्थ्यचौकी भवन तथा २ कोठे कर्मचारी आवास भवनको हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । निर्माण सम्पन्न भवनको शुक्रबार हेलम्बु गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।



कार्यक्रमका प्रमुख अतिथि तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले आफूहरुले स्वास्थ्य सेवामा कुनै पनि कमि हुन नदिने र आफ्नो गाउँपालिका भित्र स्वास्थ्य संस्थामा आएर सुत्केरी गराउने महिलाको लागि प्रोत्साहन भत्ता ३ हजार थप दिने तथा एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने र त्यसका लागी आवश्यक बजेट बिनियोजन गरिसकेको समेत जानकारी गराउनुुभयो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नै प्रमुख अतिथि शेर्पाले गाउँपालिका भित्र रहेका सबै बर्थिङ सेन्टरहरुमा सुत्केरी हुनुपूर्व र सुत्केरी भएपछि बस्नका लागि सम्पूर्ण व्यवस्था गाउँपालिकाले गर्नेगरी भवन निर्माणको कार्य थालनी गर्ने समेत जोड दिनुभयो ।
त्यस्तै कार्यक्रमका बिशेष अतिथि नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका सभापती राजेन्द्रमान ताल्चाभँडेलले रेडक्रसको मूख्य कार्य भनेको मानबिय सेवा भएको र स्वास्थ्य सेवालाई समेत जनस्तरसम्म पु¥याउने दायित्व भएकाले पनि स्वास्थ्यचौकी भवन निर्माण गरी हस्तान्तरणको अवस्थामा पुग्दा आफुलाई खुसी लागेको भन्दै आगामी दिनमा समेत त्यस भेगमा स्वास्थ्य सेवामा सहयोग पु¥याउनेमा समेत जोड दिनुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा जापनिज रेडक्रसका नेपाली प्रतिनिधि काजियो इगारासिले स्वास्थ्य संस्था निर्माणका क्रममा सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद व्यक्त गर्नुभयो ।
करिव ७४ लाखको लगानिमा निर्माण सम्पन्न भवनको शुक्रबार हस्तान्तरण सम्पन्न भएको हो । रेडक्रसले जिल्लाका १४ वटा स्वास्थ्य चौकीहरुको पुर्ननिर्माण कार्य गरीरहेको छ जस मध्य ५ वटाको भने हस्तान्तरण गरी सकेको र बाँकि स्वास्थ्यचौकी समेत हस्तान्तरणको अवस्थामा रहेको रेडक्रस जिल्ला शाखाले जानकारी दिएको छ ।
कार्यक्रम मंहाकाल स्वास्थ्यचौकी व्यवस्थापन समितिको अध्यक्ष तथा हेलम्बु गाउँपालिका वडा नं ५ का अध्यक्ष हर्कबहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.