अष्ट्रेलियाको सहयोग निरन्तर रहने
लोकप्रिय समाचार/अष्ट्रेलियन सरकार नेपालको उन्नती चाहन्छ, त्यसैले नेपालको विकासको लागि सानोतिनो सहयोग गर्दै रहेको छ । आगामी दिनमा पनि अझै अगाडि बढ्न सहयोगको निरन्तरता रहने अष्ट्रेलियन राजदुत पिटर बडले बताउनुभएको छ ।
उहाँले नेपालमा सामुदायिक वन निर्माण भएको यसलाई निरन्तरता दिँदै अब स्थायी रुपले संरक्षण गर्न केकस्ता योजनाहरु अगाडि सारेर काम गर्न सकिन्छ भनेर अष्ट्रेलिया सरकारले नेपाल सरकारका वनमन्त्रीसँग छलफल गरिसकेको र वनको स्थायी संरक्षणको लागि विषेश नीति तयार गरेर अगाडि बढ्न लागेको समेत बनाउनुभयो ।
चौतारा साँगाचोकगढी नगरपालिकका प्रमुख अमानसिं तामाङले नगरपालिकाले गरेको काम तथा नगरपालिकाको विषयमा नजिकबाट अवलोकन गरेर हाम्रा कामको बारेमा धन्यवाद दिएकोमा खुसी भएको बताउँदै आगामी दिनमा नगरपालिकामा फेरी आएर नगरको भ्रमण गरी नगरपालिकाका गतिविधिको बारेमा अवलोकन गर्न र पर्यटकिय स्थलको समेत भ्रमण गर्न आग्रह गर्नुभयो ।
जिल्ला वन कार्यालयका तुलाराम घिमिरेले अष्ट्रेलियन सरकारले गरेको सहयोगका कारण नेपालमा वनको विकासकामा ठूलो मद्धत पुगेको बताउँदै निरन्तर सहयोगको कामना गर्नुभयो ।

चौतारा साँगाचोकगढी नगरपालिकामा राजदूतलाई स्वागत गरिएको थियो । राजदूतसँगै राजदूतका कर्मचारी कृष्ण कार्कीलाई समेत स्वागत र सम्मान गरिएको थियो । स्वागत तथा छफलफल कार्यक्रममा टीपीओ नेपालका पदाधिकारी तथा नगरपालिकाका वडा अध्यक्ष नरमान श्रेष्ठ, शीव श्रेष्ठ, सल्लाहकार चन्द्रप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।