लिफ्ट खानेपानी आयोजना शिलान्याश

नेत्र बहादुर बस्नेत,लोकप्रियसमचार 
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० मा पर्ने हर्रे डाँडामा एक समारोहका बीच लिफ्ट खानेपानी योजनाको शिलान्याश भएको छ ।

सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा १ का सदस्य पूर्व मन्त्री माननीय अग्नीप्रसाद सापकोटाले एक समारोहका बीच उक्त योजना शिलान्याश गर्नुभएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, प्रदेश नं. ३ का सभासद माननीय सरेश नेपाल, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मुकुन्द मरासिनी नेकपाका जिल्ला अध्यक्ष झम्क नेपाल, पूर्व माननीय सुभाष कर्मचार्य, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख लक्ष्मीप्रसाद उपाध्याय, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्र बस्याल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष ज्ञानेन्द्र तिमिल्सिना, लोकप्रिय नेत्रज्योती सञ्चार समुहका कार्यकारी प्रमुख नेत्रबहादुर बस्नेत, गैर सरकारी महासंघका सोम सापकोटा जनजागृती माबीका प्रअ पदमप्रसाद पराजुली, नगर शिक्षा समितीका सदस्य सिता थापा, नगरपालिलकाका सम्पूर्ण वडाका वडा अध्यक्षहरु लगायत सर्वसाधारणको व्यापक उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै जाडेखोला टुनिबोटे हर्रे साँगाचोक लिफ्ट खानेपानी योजना उपभोक्ता समितिका उपाध्यक्ष यमबहादुर महतले ठूलो संघर्ष र समस्याका बीच योजना कार्यान्वयनको सुरुवात गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यmयका डिभिजन प्रमुख लक्ष्मी प्रसाद उपाध्यले खाने पानी समस्या समधानका लागी स्थानीयहरुबाट भएको सहयोग र स्थानीयले गर्न पर्ने दाइत्वमा कुनै पनी कमी नभएकाले समयमा नै योजना सम्पन्न  हुनेमा खाने पानी कार्यल ढुक्क रहेको बताउँनु भयो । 
 कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख अमानसिं तामाङले अन्न खान पाएन भने केही दिन बाँच्न सकिन्छ, विरामी भएर औषधी खान ढिला भएपनि त्यति धेरै समस्या हुँदैन तर खानेपानी समयमा भएन भने मानिसको जीवन रहँदैन । यो यस्तो चिज हो यो समयमा नभएमा जिवित प्राणीहरुलाई ठूलो समस्या पर्छ, यस्तो महत्व पुर्ण र अती आबश्यकतामा परेको चिजको विकास गर्न सबै लागिपर्नुपर्ने बताउनुभयो ।
विशेष अतिथि जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले खानेपानी योजना सुरु गर्न जति समस्या थियो त्यो भन्दा पनि संरक्षणमा बढी चुनौती रहने हुँदा योजना सम्पन्नसँगै संरक्षणमा पनि लाग्नुपर्ने बताउनुभयो ।
प्रदेश नं ३का प्रदेश सभा सदस्य माननीय सरेश नेपालले सिन्धुपाल्चोक जिल्लामा विकासका कार्यक्रमहरु आइरहँदा हर्रे डाँडामा खानेपानीको योजना पारेर काम गर्न लागेका ठेकेदार कम्पनी, उपभोक्ता समिति सबै मिलेर समयमा गुणस्तरीय काम गरी सम्पन्न गर्नुपर्ने बताउँदै कुनै समूह, व्यक्तिले काममा अवरोध गर्न आए त्यससँग प्रतिकार गरेर भएपनि जनताको लागि खानेपानीको व्यवस्था समयमा सम्पन्न गर्न आग्रह गर्नुभयो ।
पूर्वमन्त्री माननीय शेरबहादुर तामाङले नेकपाले निर्वाचन ताका गरेको प्रतिवद्धतालाई कार्यान्वयन गर्दै लैजाने शिलशिलामा यस्तो कार्यक्रमहरु भइरहेको बताउँनु भयो । उँहाले आगामी २ वर्षभित्र सिन्धुपाल्चोकलाई खानेपानी समस्यामुक्त जिल्ला घोषणा गर्ने अभियान रहेको बताउँदै दशैं अगाडि नै सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने बताउनुभयो । बिषेश गरि  पानीको संरक्षण गर्नका लागी बनको पनि सुरक्षा गर्न पर्ने त्यसमा पनि सल्लोलाई बिस्थापति गरेर चिलाउँने, उतिस जस्ता बिरुवा रोप्न पर्ने बताउँनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री माननीय अग्निप्रसाद सापकोटाले जिल्लाको साँगाचोकका बासिन्दालाई खानेपानीको समस्या भएको आफूले अध्यापन गराउँदाको समयदेखि जानकार रहेकोले साबीक साँगाचोक गाबिसलाइ सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न लगाएर खानेपानीको योजना राखेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रको विकासकोलागि जिवित तथा निर्जिवलाई नभई नहुने खानेपानीको समस्या हल गर्न पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो ।
समितिको अध्यक्ष दधिराम पराजुलीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन समितीका सचिब दिपेन्द्र प्रसादनेपालले गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व गरिरहनु भएका अध्यक्ष पराजुलीले योजना सम्बन्धी बिबरण प्रस्तुत गर्नु भएको थियो ।





जाडेखोला टुनिबोटे हर्रे साँगाचोकलिफ्ट खानेपानी तथा सरसफाई समितिका अध्यक्ष पराजुली बाट प्रस्तुत कार्यपत्र 



जाडेखोला टुनिबोटे हर्रे साँगाचोक
लिफ्ट खानेपानी तथा सरसफाई समिति
साँगाचोक–१०,११,१२

 खानेपानी योजना सिलन्यास कार्यक्रमका प्रमुख अतिथि पुर्व वन तथा भुसंरक्षण मन्त्रि माननिय सांसद अग्नी प्रसाद सापकोटा ज्यु, बिषेश अतिथि पुर्व कानुन मन्त्रि तथा माननिय सांसद शेर बहादुर तामाङ्ग ज्यु, अतिथि जिल्ला समन्यय समितिका प्रमुख ज्यु, जिल्ला समन्यय समितिका उप प्रमुख ज्यु, चौतारा साँगाचोक गढि नगरपालिकाका प्रमुख ज्यु, चौतारा साँगाचोक गढी नगरपालिकाका उप–प्रमुख ज्यु, राजनैतिक पार्टिका जिल्ला अध्यक्ष तथा सभापति ज्युहरु चौतारा साँगाचोक गढी न.पा. का १४ वटा वडाका वडा अध्यक्ष ज्युहरु, निर्वाचित वडा सदस्य ज्युहरु, प्रमुख जिल्ला अधिकारी ज्यु, जिल्ला प्रहरी प्रमुख ज्यु, चौतारा साँगाचोक गढी न.पा. प्रमुख प्रशासकिय अधिकृत ज्यु, जिल्ला खानेपानी कार्यालयका डिभिजन प्रमुख ज्यु, साँगाचोकका सबै बिद्यालयका प्रधानाध्यापक ज्यु, निर्माण कम्पनि सगरमाथा कन्सट््रक्सन्सका संचालक ज्यु, उपस्थित सम्पुर्ण जनसमुदायहरुमा हार्दिक अभिबादन व्यक्त गर्दछु ।
 सिन्धुपाल्चोक जिल्ला प्रदेश नं ३, चौतारा साँगाचोक गढी नगरपालिका वडा नं १०,११,१२ साविक साँगाचोक गा.वि.स. वडा नं १ देखि ९ सम्म साँगाचोकको बस्ति दुई पट्टिबाट दुई वटा ठूला नदिहरु इन्द्रावती र सुनकोसी बगेका छन् । दुई वटा नदिका कारण प्राकृतिक स्रोत साधनबाट संकलित आर्थिक संकलनमा सम्पन्न दुई नदिको बिच भाग डाँडा डाँडामा बस्ति रहेको यस साँगाचोकमा पहिला देखिनै खानेपानीको संकट रहेको यस साँगाचोकमा पहिला देखि खानेपानीको संकट रहेको ठाउँ हो । त्यस माथि पनि २०७२ साल बैशाख १२ गतेको बिनाशकारी भुकम्पले मानविय क्षेति देखि लिएर घरवास पुर्णरुपमा क्ष्यतविक्ष्यत भएको र अलिअलि भएका खानेपानीका मुहानहरु समेत सुक्न गई खानेपानीले समस्याग्रस्त भएको ठाउँ हो । साँगाचोक, हामीलाई थाहा छ साँगाचोकका वस्तिहरुमा सुख्खायाममा खानेपानीको समस्याले ग्रस्त बनेका टोल तथा बस्तिहरुमा बिभिन्न ग्राइभिटि प्रणालीका खानेपानी योजनाहरु रहेका छन् । तर पनि उपभोक्ताहरुले गाईवस्तु, वाख्रापाठा, मानिसले नुहाउने, लुगा धुने समस्याहरु आफ्नै ठाउँमा छन् । खानको लागि पानी समय मिलाएर कहिले बिहान मात्र खोल्ने, कहिले एक दिन विराएर खाल्ने, त्यहि पानी सार्वजनिक धारावाट एक गाग्रि भागवण्डाबाट थापेर खानेगरिएको छ, त्यसले पनि नपुगेर पौराणिक धारा कुवाहरुमा गएर रात दिन केहि नभनि खेतिपाति गर्ने समय विताएर, पालो कुरेर डोकामा बोकि खाने गरिएको छ । 
 यस स्थितिलाई मध्यनजर गरि भुकम्प भन्दा पनि पहिला ०६५–०६६ साल तिर साँगाचोक, ठुलोसिरुवारी, ईर्खुसमेतलाई खानेपानीको आवश्यकता पुरा गर्ने भनेर नेपाल सरकारबाट पुर्व सम्भाव्यता अध्ययन गर्नको लागि यसै जिल्ला भोटेनाम्लाङ्गको महादेव खोला बाट ग्राईभिटि प्रणालीबाट पानी ल्याउन अध्ययनको लागि रु एक लाख रुपयाँ विनियोजित भएको थियो । जिल्ला खानेपानी कार्यालयका ईन्जिनियरका साथमा म आफैँ र साँगाचोकका हरि ब. श्रेष्ठ महादेब खोला सम्म पुगि हेर्ने काम गरियो । पुर्व सम्भाव्यता अध्ययन गर्ने इन्जिनियरको टोलिले धेरै लामो ग्राईभिटि प्रणाली भएकोले योजना संचालन गर्न सम्भव नरहेको रिपोर्ट भएपछि उक्त योजना अगाडि बढ्न सकेन । २०७२को विनासकारी भुकम्प पछि साँगाचोकमा कसरी खानेपानीको समस्या समाधान गर्न सकिन्छ भनि हामीले निरन्तर खोजि गर्न थालियो, तत्कालिन गा.वि.स. को सर्वदलिय बैठकमा खानेपानी योजनाका बारेमा छलफल अन्तरक्रिया हुने गरेको थियो । हामीले सर्वदलिय बैठकमा ग्राईभिटि प्रणालीको लागि खानेपानीका मुहानहरु खोज्ने कामहरु गरियो । कहिँकतै बाट पनि सम्भाबना नभएपछि, अब साँगाचोकको लागि तल नदि तथा ठाडा खोलाहरुबाट लिफ्ट सिस्टम गरेर ल्याउने बाहेक बिकल्प देखिएन । हामीले तत्कालिन गा.वि.स. को सर्बदलिय बैठकमा लिफ्ट गर्नको लागि जति ठुलो र जति जनसंख्या धेरैलाई एउटै लिफ्ट योजनाबाट पु¥याउने गरी ल्याउन सके खानेपानीको महसुल पनि सस्तो पर्न सक्छ भन्ने लागेर पुरै साँगाचोकका टोल बस्तिहरुमा पु¥याउने गरी एउटै योजना लिफ्टिङ्ग गर्ने मनसायका साथ जाडेखोला बाट हर्रे डाँडासम्म पानी पु¥याउने गरी एक नौ सदस्यिय उपभोक्ता समिति दधिराम पराजुलीको अध्यक्षतामा, उपाध्यक्ष यम बहादुर महत, कोषाध्यक्ष केशवराज गिरी, सचिव नानीमाया राना, सदस्यमा, नवलाल श्रेष्ठ, सतिलाल श्रेष्ठ, चक्र बहादुर तामाङ्ग, सजनी पराजुली, मनमाया कार्की समेत रहेको उपभोक्ता समिति गठन गरि हामीले खानेपानी उपभोक्ता समितिको विधान तयार गरि जिल्ला जलस्रोत समितिमा दर्ता गर्ने कार्य सम्पन्न गरियो । म आफुलाई पनि यस लिफ्टिङ्ग योजनाको नेतृत्व लिनु चुनौति ठानेको थिएँ । किनकि योजना परिसकेपछिको समितिको नेतृत्व लिएको भए चुनौति हुने थिएन । किनकि करोडौँको योजना कसरी र कहाँबाट हाल्ने यो एउटा काल्पनिक जस्तो पनि लाग्थ्यो त्यो मैले यो भारी मेरो मात्रै होइन यो सफल भए म मात्र सफल हुन्न, यो असफल भए म मात्रै असफल हून्न भन्ने ठानेर मैले यिनै शब्दहरु माननिय अग्नि सापकोटा सँग पटक पटक राख्ने गर्थे, उहाँले साँगाचोकको लागि यो योजना लाई रकम राखि अगाडि बढाउन सके मेरो पनि सफलता हो भनि उहाँबाट टृढ रुपमा अगाडि बढ्ने साहस प्रदान गर्नु भयो र मैले माननिय अग्नि सापकोटा बन तथा भु संरक्षण मन्त्रि हँुदा बन मन्त्रालयको मन्त्रि ज्युकै कार्यकक्षमा यो खानेपानीका बारेमा हाम्रो बिचमा छलफल चल्दा खानेपानी बिभागका डाईरेक्टर रामचन्द्र देबकोटालाई उहाँले फोन गरेर मेरो निर्वाचन क्षेत्र साँगाचोकमा खानेपानीको ठुलो समस्या छ त्यसलाई पाँच लाख रुपयाँ राखि अगाडी बढाईदिनु भन्नु भएपछि त्यहि आ.व. मा पाँच लाखले जिल्ला खानेपानी कार्यालय सिन्धुपाल्चोकका कार्यप्रमुख लक्ष्मि प्रसाद उपाध्यायले कन्सल्टेन्स हायर गरेर डिटेल सर्भे गर्ने काम गर्नु भयो । सात जना ईन्जिनियरहरुले पन्ध्र दिन लगाएर यस चौतारा साँगाचोक गढि न.पा. वडा नं १०,११,१२ का २२२२ घरधुरीलाई प्रत्येक घरघरमा प्राईभेट धारा राख्ने गरी तेत्तिस करोड रुपयाँको योजना डिजाइन ईस्टमेट बन्यो । हाम्रो उद्घेश्य यहाँका पानीबाट भोका जनताले छिटो पानी खान पाउनु प¥यो, नेपाल सरकारको नियमित बजेटले योजना सञ्चालन गर्ने हो भने दश बर्षमा पनि सकिँदैन भनेर नेपाल सरकारकै सुख्खा ग्रस्त क्षेत्र आयोजना अन्तर्गत संचालन गर्न सकेमा एक दुई बर्षमा सम्पन्न गर्न सकिन्छ भन्ने ठानेर बिभिन्न पटक उपभोक्ता समितिको बैठक राखि निर्णय लिई कहिले खानेपानी बिभाग कहिले मन्त्रालय धाउँदा पनि सुख्खा ग्रस्त क्षेत्र घोषणा नभएको ठाउँमा उक्त योजना राख्न नसकिने खानेपानी बिभाग ले जानकारी दिएपछि हामीलाई लाग्यो सुख्खा ग्रस्त क्षेत्र अन्र्तगत रकम विनियोजित गर्न नसकेमा यो योजना सफल हुन सक्दैन भनि खानेपानी बिभागसँग छलफल गर्दा प्रतिनिधिसभाको सदनबाट साँगाचोकलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा ग¥यो भने मात्र रकम एकै पटक राख्न सकिन्छ भनि सल्लाह लिएपछि माननिय अग्नि प्रसाद सापकोटा सँग मैले बिभागले भनेका कुराहरु उहाँसमक्ष राखि उहाँ र तत्कालिन अर्थ मन्त्रि हाल प्रतिनिधि सभाका सभामुख सम्माननिय कृष्ण बहादुर महरा बिच छलफल भएपछि प्रतिनिधि सभाको सदन समक्ष माननिय अर्थ मन्त्रि कृष्ण बहादुर महराले साँगाचोक आसपास सुख्खाग्रस्त क्षेत्र घोषणा गरियोस् भनि राख्नुभएको प्रस्ताब सदनबाट पास भएपछि यो खानेपानी योजना सुख्खाग्रस्त क्षेत्रमा समावेश भएको हो । खानेपानी योजना नेपाल सरकारको योजनामा समावेश भएपछि जिल्ला खानेपानी कार्यालयले जानकारी समेत गराउने गरी सर्बपक्षिय बैठक राखि योजनाका बारेमा प्रष्ट पार्ने काम सम्पन्न भएपछि हामी उपभोक्ता समितिले उपभोक्ता भेला राखि बृहत उपभोक्ताहरुको उपस्थितिमा योजनाको बारेमा जानकारी गराई सर्बदलिय बैठकबाट गठित उपभोक्ता समिति पुर्नगठन गरी दधिराम पराजुलीको अध्यक्षतामा, उपाध्यक्ष यम बहादुर महत, कोषाध्यक्ष केशवराज गिरी, सचिव नानीमाया राना, सदस्य नवलाल श्रेष्ठ, सतिलाल श्रेष्ठ, दिपेन्द्र नेपाल, चक्र बहादुर तामाङ्ग, सजनी पराजुली, मनमाया कार्की, अस्मिता वि.क.रहेको एघार सदस्यिय समिति गठन भएको छ । हामीले यस जाडेखोला टुनिबोटे हर्रे साँगाचोक लिफ्ट खानेपानी योजनाको जाडेखोलामा बन्ने १ नं(पहिलो) च्।ख्।त्। र पानी प्रशोधन गर्नको लागि जग्गा खरिद गर्न नगरपालिकाबाट रकम बिनियोजित गरि समितिका उपाध्यक्ष यम बहादुर महतको संयोजकत्वमा केशव राज गिरी, दिपेन्द्र प्रसाद नेपाल, वडा नं १० का वडाध्यक्ष बेल बहादुर महत वडा नं ११ का वडाध्यक्ष सुशिल बहादुर माझि, वडा नं १२ का वडाध्यक्ष धुर्वराज गिरी, चक्र बहादुर तामाङ्ग समेत सात सदस्य रहेको जग्गा खरिद समितिको सिफारिषमा  उक्त ठाउँको ३–३–३–२, कित्ता नं ३८४ को जग्गा खरिद गरिएको छ । उक्त ठाउँमा सडक निर्माण गर्न कठिनाई भएकोले हामीले यो सिलन्यास कार्यक्रम ५ नं च्।ख्।त्। हर्रे होल्का यस ठाउँबाट सुरु गरेका छाँै । अब जाडेखोलामा सडक निर्माण गर्नका लागि चौतारा साँगाचोकगढि न.पा. सँग साझेदारी कार्यक्रमको रकमबाट सडक निर्माण गर्नका लागि नगर प्रमुख सँग छलफल भई कार्यान्वयनमा लाने आश्वासन प्राप्त भएको छ ।यस खानेपानी योजना सगरमाथा कन्सट्रक्सनले टेण्डरमार्फत ठेक्का पारी निर्माण कार्य सुचारु भएको छ यहाँ हामी कोहि कसैको नितान्त ब्यक्तिगत स्वार्थ जोडिने सबाल छैन, हाम्रा खानेपानी उपभोक्तहरुले छिटो भन्दा छिटो घरघरमा धारा राखि खानेपानीको सुबिधा चाहिएको छ । हामी सबैको साथ सहयोगले निर्माणकार्य छिटो सम्पन्न गर्न सहयोग पुञ्याउनुपर्ने छ । निर्माण कार्य गुणस्तर युक्त बन्नको लागि हाम्रो निगरानी नितान्त आवश्यक छ । यो खानेपानी योजना सम्पन्न पछि साँगाचोकको मुहार परिवर्तन हुने अपेक्षा हामीले गरेका छौँ । यस खानेपानी योजना संचालन गर्न जग्गा खरिद र सडक निर्माणको लागि रकम उपलब्ध गराउने चौतारा साँगाचोक गढि नगरपालिका तथा नगर प्रमुखलाई हार्दिक धन्यवाद प्रदान गर्दछु । यो लिफ्ट खानेपानी योजना योजनामा परिणत गर्नको लागि मिहेनतका साथ अगाडि बढाउन साथ सहयोग पुञ्याउनुहुने माननिय अग्नि प्रसाद सापकोटालाई साँगाचोकबासीले धेरै धेरै धन्यवाद प्रदान गर्नुपर्छ । आज उहाँबाटै सिलन्यास गर्न पाउँदा हामीलाई गर्व लागेको छ । मैले उपभोक्ता समिति बनाएदेखि योजना समाबेश योजना संचालन र सिलन्यास सम्मका बिषय यहाँ उपस्थित प्रमुख अतिथि, बिशेष अतिथि, अतिथि, राजनितिक दलका प्रतिनिधि, उपस्थित जनसमुदाय समक्ष प्रस्तुत गर्दछु ।  

धन्यवाद, अभिवादन
समाप्त


















, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.