बलेफी–तेम्वाथान सडक बनाईयो दुई लेन

सिन्धुपाल्चोकको बलेफी–तेम्वाथान सडकको जुगल गाउँपालिका कार्यालय ढाडेदेखि मान्जेसम्मको १६ किलोमिटर सडक चौडा पारेर दुई लेनको बनाइएको छ ।
सडक दुई लेनको बनाइएपछि यस क्षेत्रका बासिन्दा खुसी भएका छन् । मुख्य सडक सञ्जालसम्म गाउँपालिकालाई जोड्ने उद्देश्यका साथ गाउँपालिकाले गत वर्षदेखि बलेफी तेम्बाथन सडकलाई मुख्य प्राथामिकतामा राखेको छ ।
चट्टाने पहाड फोर्दै, भीर छिचोलेर मान्जेसम्मको सडक दुई लेनको बनाउँदा साविक गुम्बा, गोल्चे, पाङताङ र बराम्चीका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।


,
Lokpriyasamachar@. Powered by Blogger.