स्वास्थ्यको बिकाश नै मानबिय बिकाश हो महोनबस्नेत


लोकप्रिय समचार ,स्वास्थ्य शिक्षा र रोजगारको ब्यबस्था गर्न सके मात्र   बास्तबिक बिकाश भएको  मानीने पुर्ब सञ्चार मन्त्रीमहोन बहादुर बस्नेतले बताउँनु भएको छ।

उँहाले बाह्र्बिसे नगरपालकिा वडा नं ४मा निर्मीत स्वास्थ्य भवनको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो ।  स्वास्थ्य  को लागी खाने पानी ,  पौष्टिक खाद्यान्न ,तथा सडकको बिकाश हुन जरुरी छ । यि सबै  खाले बिकाशका लागी आबश्यक पर्ने पुर्बाधार तैयार हुन जरुरी छ । यो पुर्बाधार  तैयार गर्ने क्रममा स्वास्थ्य भवन निर्माण गरिएकोमा निर्मातालाइ धन्यबाद दिदै त्यस्ता सामाजीक काम गरेर समाजलाइ सहयोग गर्नु पनी ठुलो धर्म हो भन्नु भयो । नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका बस्नेतले राजनीती गर्ने मानीसले जनतालाइ कहील्यै पनी झुटो बोल्न नहुने बताउँदै  गत निर्बाचनमा काँग्रेसले झुटो बोल्न नजानेर निर्बाचनमा पराजय ब्यहोर्न परेको अहिले जनता महङ्गीको मारमा परेका जताततै कर तिर्न परेका कारण  जनतालाइ  समस्यामा पारेका कारण कम्युनिष्ट पार्टीहरु  प्रती जनताका बिश्वास नरहेको समेत स्पस्ट पार्नु भयो । उाँहले काँग्रेसले जितेका वडा तथा पालीकाहरुमा बढाइएको कर निर्णय फिर्ता गरिएको र उक्त निर्णय  फिर्ता  लिन बाँकी  पालीकहरुलाइ पनी निर्णय फिर्ता गर्न निर्देशन दिनु भयो ।  बार्ह्बिसे नगरपालिका ४ ठुलोपलातिमा निर्माण भएको सामुदायिक स्वास्थ केन्द्रको  उद्रघाटन गर्दै विदेशमा बसेरपनिे भौगोलिक विकटता भएको स्थानमा पुराएको योगदानको प्रसंसा गर्नुभयो । सिविआरटि क्यालिफोर्नियाको आर्थिक सहयोगमा ३० हजार अमेरीकि डलर अर्थात ३० लाख नेपालि रुपैयामा ४ कोठे फ्री क्याप स्वास्थ्य चौकि भवन निमार्णमा भएको हो । सस्थाका नेपाल संयोजक प्रकाश वस्नेतका अनुसार उक्त सस्थाले भवन निर्माण सङ्रगै अबको ५ वर्ष समम  जनशक्ति समेत सहयोग गर्ने छ । हेल्थ असिस्टेन्ट र सहायक हेल्थ असिसटेन्ड गरी २ कर्मचारीको ब्यवस्थाप गर्नुका साथै औषधि समेत सहयोग गर्ने  वस्नेतले बताउनुभयो ।

, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.