सिन्धुपाल्चोकभुकम्प पिडीतहरुले बुझाए ज्ञापन पत्र


नेत्रबहादुर बस्नेत, लोकप्रिय समचार ,  सिन्धुपाल्चोक जिल्लाको  भुकम्प पिडीत मा अनुदान छुटेका  पिडीतहरु लाइ  तुरन्त अनुदानको ब्यबस्था गर्न भन्दै ज्ञापन पत्र बुझाइएको छ।

छुट भुकम्प पिडीत सघर्ष समिती का संयोजक  कुमारी तामाङ्गको नेतृत्वमा  जिल्ला प्रशाशन कार्यलय  जिल्ला कार्यन्वयन इकाइ जिल्ला सम्मन्वय समितीमा ज्ञापन पत्र बुझाइएको छ । राप्रपाका नेता समेत रहनु भएका समाजसेबी बाबुराम खड्काको प्रमुख अतिथ्यतामा  जुलुस सहित गएको पिडीतहरुले ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापन पत्र बुझ्दै  जिल्ला प्रशाशन कार्यलयका प्रशाशकीय अधिकृत केशब प्रसाद रिजाल ले यो पत्र अनुसार तुरुन्त कार्यन्वयनका लागी पहल गर्ने  बताउँनु भयो । जिल्ला सम्मन्वय समिती का उपप्रमुख बालकुमारी सापकोटाले जिल्लामा छुट भएका भुकम्प पिडीतहरुको बिबरण अनुसार तत्काल सम्बोधन गर्न पहल गर्ने बताउँनु भयो ।जिल्ला कार्यन्वयन इकाइका निमीक्त प्रमुख प्रकाशमणी धिमीरेले जिल्लामा छुट भएका पिडीतहरुको लागी स्थानीय पालीकाहरु र सरकार सँग सम्बोधन गर्नका लागी पहल गर्ने बताउँनु भयो । ज्ञापनपत्र बुझाउँन जाने क्रममा राप्रपा सिन्धुपाल्चोकका नेता समेत रहनुभएका खड्काले जिल्लामा रहेका  धेरै भुकम्प पिडतहरुलाइ गुनासोमा सम्बोधन नगरेको गुनासोमा  सम्बोधन भएकालाइ पनी राजनिती आस्थाका आधारमा  अनुदानबाट बञ्चीत भएकाले  यो आन्दोलन गर्न परेको बताउँनु भयो ।उँहाले जिल्लामा मात्र होइन पुन निर्माणप्रधिकरण तथा प्रधानमन्त्रीलाइ समेत ज्ञापन पत्र बुझाउँने कार्यक्रम रहेको समेत खड्काले बताउँनु भयो ।
जिल्लामा रहेका  कुनै पनी भुकम्प पिडतिहरु अनुदानबाट बञ्चीत हुन नपरोस भन्दै हामलिे यो कार्यक्रम गरेका हौ । प्रत्येक पालीकामा पा्रधिकारणले आफ्नो कर्मचारी खटाइ सबैलाइ समेट्न पर्ने पिडीतले राहत पाएनन भने  देश ब्यापी आन्दोल का कार्यक्रम गर्ने योजना रहेको समेत बताउँनु भयो ।
यसै क्रममा संयोजक कुमारी तामाङ्गले जिल्लामा  छुट लाभग्रहीहरुलाइ तुरुन्त समाबेश गराउँन पर्ने,पुननिर्माणको नाममा भएको अनाबश्यक फजुल खर्च बन्द गर्नु पर्ने र तुरुन्तै सार्बजैनिक गर्नु पर्ने , प्रधिकरणमा हुने गरेको राजनीती हस्तक्षपे बन्द गरेर निश्पक्ष रुपमा काम गर्ने बाताबरण तैयार गर्न पर्ने , भुकम्प पिडीतको नाममा आएका अनुदानमा पारदर्सीता हुन पर्ने  सत्रहजार भन्दा बढी पिडीतले अनुदान नपाएकाले त्यसको लागी बिशेष पहल गरिनु पर्ने , पुनिर्माणमा तिब्रता दिन पर्नेमा प्रधिकरणका उच्च स्तरका पशाशनहरु बिदेश भ्रमण गर्नै जिल्लामा हुन पर्ने प्रमुख हरु नहुने  लगाएतका मागहरु रहेको बताउँनु भयो ।
संयोजक तामाङ्गले आफ्ना जाहेज माग हरु  तत्काल पुरा नभएमा  कडा आन्दोलमा जाने  बताउँनु भयो । उँहाले जिल्लाका सबै वडाहरुमा गठित पिडीत सघंर्ष समितीका पदाधिकारी तथा सबै पिडीतहरुलाइ सदरमुकाममा उतारेर  कार्यलय मा धर्ना दिने योजना समेत रहेको बताउँनु भयो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.