बर्थिङ सेन्टरमा सुत्केरीको चाप बढ्दै

लोकप्रिय समाचार-हेलम्बू गाउँपालिकाका बर्थिङ सेन्टरहरुमा आजभोलि सुत्केरीको चाप बढेको छ ।
बाल तथा मातृ मृत्युदर घटाउने लक्ष्यका साथ घरमै सुत्केरी हुनेहरुको संख्यालाई कम गर्दै शुन्यमा पु¥याउँदा मृत्यु घट्नसक्ने तथ्यको आधारमा आव २०७५÷०७६ को लागि हेलम्बू गाउँसभाले आफ्नो क्षेत्रभित्रको बर्थिङ सेन्टरहरुमा सुत्केरी हुने महिलालाई नेपाल सरकारले दिने गरेको तीन हजार यातायात खर्चमा शत प्रतिशत थपिदिने र बर्थिङ सेन्टरसम्म जाँदा एम्बुलेन्स सेवा निःशुल्क गरेको तथा बर्थिङ सेन्टरहरुमा दक्ष प्रसुतीकर्मीहरुको व्यवस्था गरेको कारण बर्थिङ सेन्टरमा सुत्केरीको संख्या बढ्न थालेको हो ।

असोज ९ गते राती १ः१५ मा इचोक स्वास्थ्य चौकी ३ केजीको बच्चा जन्माउनुभएकी बाटुली नेपालीलाई गाउँपालिकाले उपलब्ध गराएको यातायात खर्च तथा जन्म प्रमाणपत्र प्रदान गर्दै हेलम्बू गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले घरमै हुने जोखिमलाई शुन्यमा झार्दै निकट भविष्यमा हेलम्बू गाउँपालिकालाई फ्रि–होम डेलिभरी क्षेत्र घोषणा गर्न थप कार्यक्रम ल्याउने बताउनुभयो ।
बर्थिङ सेन्टरहरुमा वेडिङ रुम बनाउने, जोखिमयुक्त गर्भवतीहरुलाई रिफर गर्नुपरे निःशुल्क एम्बुलेन्स व्यवस्था गर्ने तथा नियमित भिडियो एक्स–रे सेवा उपलब्ध गराउने योजना सुनाउँदै महिला स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरु लगायत सबैको सहयोग रहेकोले यो कार्यक्रम सफलतापूर्वक अघि बढ्दै चाँडै लक्ष्यमा पुग्न सकिने अध्यक्ष शेर्पाले बताउनुभयो ।
गर्भ रहेको चौंथो, छैठौं, आठौं र नवौं महिनामा गर्भजाँच गराएको प्रमाणसहित  वर्थिङ सेन्टर मै सुत्केरी भए थप ८ सय सहित हेलम्बू गाउँपालिकाबाट सुत्केरी महिलाहरुले ६ हजार ८ सय रकम, न्यानो झोला सेट प्रदान गरिने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.