सुनचाँदी व्यवसायी संघको साधारण सभा

सन्तोष भण्डारी/सिन्धुपाल्चोक- सुनचाँदी ब्यबसायी संघ चौथो साधारण सभा शनिवार सम्पन्न भएको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा संघको भवन निर्माणमा आर्थिक सहयोग गर्नुहुने व्यबसायिलाई कदर–पत्र द्वारा सम्मान गरिएको थियो ।
साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सुनारले सरकारले व्यबसायीहरुलाई ढुक्क भएर व्यबसाय संचालन गर्न सक्ने बातावरण बनाउन नसकेको आरोप लगाउँनु हँदैे वार्षिक १३ अर्व राजश्व तिर्ने २२ हजार व्यबसायीको मागलाई सम्बोधन गर्नु पर्ने खाँचो रहेको बताउँनु भयो  ।
साधारण सभामा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिं तामाङ, महासंघका वरिष्ट उपाध्यक्ष मणिकरत्न शाक्य,  नेपाल रत्न तथा आभुषण महासंघका वरिष्ट उपाध्यक्ष रुद्र बराईली, ३ नं.प्रदेशका संयोजक देशरत्न शाक्य, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठ र नेपाल पत्रकार महासंघ सिन्धुापाल्चोकका उपाध्यक्ष ज्ञानेन्द्र तिमिल्सिना लगाएतकाले  शुभकामना मन्तब्य राखनु भएको थियो । उँहाहरुले सुनचादी ब्यबसायीहरुलाइ सरकारले  ब्यबसायको सरक्षणको लागी पनी  ध्यान दिन पर्ने बताउँनु भएको थियो ।
संघका महासचिव रविन्द्रकुमार खातीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि नेपाली सुनचाँदी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मोहनकुमार सुनारले पानसमा वत्ति बालेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विषेश अतिथिहरुलाई मायाको चिनो दिएर सम्मान गरिएको थियो ।
साधारण सभाले जग्गा खरिद गर्नका लागि विभिन्न सुनचाँदी व्यवसायी संघका सदस्यहरुले साँढे ११ लाख जम्मा गरेका छन् । जम्मा गर्नेमा १० हजारदेखि १ लाखसम्म नगद रकम सहयोग गरेका थिए । हाल जिल्लामा सुनचाँदी व्यवसायी संघको ५८ जना सदस्य रहेको सुनचाँदी ब्यबसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष  सुब्बा सुनुवारले जानकारी दिनुभयो । 

,
Lokpriyasamachar@. Powered by Blogger.