उज्यालोका नवनिर्वाचित पदाधिकारीलाई सपथ

लोकप्रिय समाचार/नगर भित्रका सहकारी संस्थाहरु असफल भए भने नगरपालिका पनि असफल हुन हुँदा सहकारी सञ्चालकहरुले विवेक पु¥याएर सहकारीको ऐन, विनियम र नीति निर्देशन भित्र रहि इमान्दारीतापूर्वक पदीय दायित्व पूरा गर्नुपर्ने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताउनुभएको छ ।
उहाँले उक्त कुरा उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण साथै प्रमाणपत्र प्रदान गर्दै बताउनुभएको हो ।

कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै तामाङले उज्यालोको नवनिर्वाचित पदाधिकारीहरु महान् छन् किनभने उनीहरु १६ सय भन्दा बढी शेयर सदस्यहरुबाट निर्वाचित भई आएका हुन् । राम्रो फल देखेपछि कसैले टिपेर लान खोज्छन्, कसैले झटारोले हान्छन्, कसैले लौरा ढुङ्गाले हानेर भएपनि फल झार्न खोज्छन् भन्नुहँुदै सहकारी संस्था पनि एउटा फल हो, यो फल लिनको लागि आ–आफ्नो तरिकाबाट फल लिन खोजेका हुन्छन् त्यसमा पनि सतर्क रहेर काम गर्न  सुझाव दिनुभयो ।

उज्यालो बचत तथा ऋण सहकारी संस्थाको अधिवेसनबाट अध्यक्षमा रामबहादुर कार्कि, उपाध्यक्षमा टंक कार्कि र कोषध्यक्षमा ललित राना निर्विरोध चयन हुनुभएको छ भने कार्यसमिति सचिव, सदस्य र लेखा समितिको संयोजकको नेतृत्व मतदानबाट टुङ्गाईएको छ ।

सचिव पदमा सन्जिव तामाङ ५ सय ७ मत सहित विजयी हुनुभएको छ । उहाका प्रतिस्पर्धि पुन्य प्रसाद खनालले ४ सय ७ मत प्राप्त गर्नुभएको थियो । यस्तै सदस्यहरुमा लोक वहादुर कार्कि, दिल कुमारी श्रेष्ठ, शिव श्रेष्ठ, अम्बर वहादुर घले, सन्तोष कर्मचार्य, रोमा भण्डारी र हिरा प्रसाद नेपाल चयन हुनुभएको छ ।

तस्वीरमा उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा प्रमाणपत्र प्रदान कार्यक्रमः
















,
Lokpriyasamachar@. Powered by Blogger.