साधारण सभा तथा भवन उद्घाटन

राजेन्द्र रानामगर/लोकप्रिय रिपोर्टर- सामाजिक रुपान्तरणका लागि सहकारिता, आजको आवश्यकता भन्ने मूल नाराका साथ इन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङको प्रमुख आतिथ्यतामा जौडाडा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड इन्द्रावती २ र ३ कुञ्चोकको चौथो साधारण सभा तथा सहकारी भवन उद्घाटन कार्यक्रम बुधबार खुतुमेडाँडामा सम्पन्न भएको छ ।


कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि तामाङले सहकारीले चौथो साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम गरेकोमा सहकारीलाई बधाई तथा शुभकामना दिनुभयो । विभिन्न संघसंस्था, गाउँपालिका र वडाको सहयोगमा र महिलाहरुको सहकार्यमा भवन बनाएकोमाल बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो ।
सहकारीले महिला दिदीबहिनीहरुको लागि विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरेको, कृषिमा आधुनिक मेसिनहरु प्रदान गरेको, लप्सीको अचार, क्याण्डी, चकलेट उत्पादन गरी जिविकोपार्जनमा सहयोग पु¥याउँदै अतुलनीय योगदान गरेकोमा सहकारी टीमलाई पनि धन्यवाद दिनुभयो । साथै सहकारीले उत्पादन गरेको सामग्रीहरुलाई बजारिकरणको लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको तथा भवनको उद्घाटन गर्दै उहाँले सहकारीलाई अझै राम्रो कामको लागि शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा विषेश अतिथिका रुपमा इन्द्रावती गाउँपालिका वडा नं. १ का वडाध्यक्ष श्री लामा, वडा नं. २ का वडाध्यक्ष बिरबहादुर तामाङ, वडा नं. ३ का वडाध्यक्ष देवप्रसाद बानियाँ, वडा नं. ३ का वडासचिव प्रदिपराज भण्डारी, अतिथिका रुपमा इन्द्रावती २ र ३ का वडा सदस्यहरु, पत्रकार, संघसंस्थाका प्रतिनिधि, विद्यालयका  प्रतिनिधिहरु रहनुभएको थियो ।
कार्यक्रममा ख्याती प्राप्त लोक गायक सरोज लामिछाने, कुवेर कार्की, गायिका स्मृति गौतम लगायत स्थानीय कलाकार सुरेन्द्र गिरीको बेजोड सांस्कृतिक प्रस्तुती रहेको थियो । कार्यक्रममा भवन निर्माण गर्न सहयोग गर्ने नेपाल ट्रस, इन्द्रावती गाउँपालिका, इन्द्रावती २ र ३, जग्गादाता, महिला आत्मनिर्भरता केन्द्र मेलम्ची र अक्सफमलाई सम्मानका साथ सम्मान  पत्र प्रदान गरिएको थियो । कार्यक्रममा विषेश अतिथि तथा अतिथिहरुले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष रती थापामगरको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.