विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदै

लोकप्रिय समाचार/ हाम्रो देश नेपालले इतिहासमै जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट  संविधान जारी गरेको अशोज ३ गते तीन वर्ष पूरा भएर चार वर्षमा लाग्दैछ । सो अवसरमा देशको विभिन्न भागहरुमा सबै जिल्ला तथा गाँउपालिकाहरुमा बिषेश कार्यक्रम गरेर दिवश मनाइँदै छ ।

यस क्रममा सिन्धुपाल्चोकमा पनि जिल्ला समन्वय समितिको आयोजनामा बिषेश कार्यक्रम हुने भएको छ भने पालिकाहरुले आ–आफ्नै प्रकारले दिवस मनाउन लागेका छन् । २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ‘नेपालको संविधान २०७२’ लाई हस्ताक्षर गरी अनुमोदन गरेसँगै  यो संविधान लागु भएको हो ।
यहि अवसर पारेर असोज ३ गते संविधान दिवस मनाइन लागेको हो  सिन्धुपाल्चोक जिल्लामा जिल्ला समन्वय समितिले साँझ दीप प्रज्वलन गरी दिउँसो अरु विभिन्न कार्यक्रमहरु गर्ने  समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताउनुभयो ।

उता पाँचपोखरी थाङपाल गाउँपालिकामा झण्डोत्तलन सहित विभिन्न कार्यक्रम गरी दिवस मनाइन लागेको गाँउपालिका प्रमुख टासी लामाले बताउनुभयो ।

यसैगरी भोटेकाशी गाँउपालिकाले पनि विभिन्न कार्यक्रम गरेर दिवस मनाउने तयारी भएको पालिका प्रमुख राजकुमार पौडेलले बताउनु भयो । त्यसैगरी लिशखुंपाखर गाँउपालिकाले पनि बिभिन्न कार्यक्रम राखेको छ । गाँउपालिकाका प्रमुख कमल नेपालका अनुसार भव्यरुपले दिवश मनाउनका लागि आन्तरिक छलफल भइ सकेको छ । उता इन्द्रावती गाउँपालिकाले विभिन्न प्रतियोगितात्माक कार्यक्रम गरेर संविधान दिवश मनाउन लागेको प्रमुख प्रशाशकीय अधिकृत  बिनोद रोक्काले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार हाम्रो संविधान र बाल अधिकार बिषयक वक्तृत्वकला प्रतियोगिता समेत गरेर मनाइने भएको छ । पालिकाका प्रमुख बंशलाल तामाङले संविधान दिवस मनाउनका लागी पालिकामा विभिन्न कार्यक्रमको आयोजना गरिन लागेको बताउँनुभयो । 

त्यसैगरी बलेफी गाँउपालिकामा पनि विभिन्न कार्यक्रम गरी मनाइन लागेको पालिकाका प्रमुख केदार क्षेत्रीले बताउनुभयो । समग्रमा जिल्लाका सबै पालिकाहरु सरकारी तथा गैर सरकारी कार्यालयहरुले आ–आफ्नै ढङ्गले दिवस मनाउन लागेको समाचार प्राप्त भएको छ । 

,
Lokpriyasamachar@. Powered by Blogger.