एकीकृत वस्तीमा फिल्टर बितरण

विपिन ढुङ्गाना/ गणेश स्थान बिपद जोखिम ब्यबस्थापन समितिको आयोजना तथा यु एन् डि पि को सहयोगमा हिजो मेलम्ची नगरपालिका १२ गिरान्चौरमा रहेको ६५घरको एकिकृत बस्तिमा आधुनिक प्रबिधिबाट निमार्ण गरीएको फिल्टर बितरण गरीएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले यो प्रबिधिको उचित तरीकाले प्रयोग गरेर लाभ लिनका लागि आग्रह गर्नुभयो । उहाँले अब सबैजना ले आर्थिक स्तर सुधारेर अगाडि बढ्दै जान पर्नेमा जोड दिदैँ बिकास निमार्णको काममा जनस्तरबाट सक्रिय सहभागिता हुन पर्नेमा जोड दिनुभयो ।

गिरान्चौर एकिकृत बस्ति निमार्ण समितिका अध्यक्ष एवम् मेलम्ची नगरपालिका वडा नम्बर १२का वडा अध्यक्ष राम बहादुर तामाङले शुद्ध पानि खुवाउनका लागि सहयोग गरेकोमा यु एन् डि पि लाइ धन्यवाद दिदै आगामि दिनमा पनि एस्तै कार्यक्रमको अपेक्षा गरीएको बताउनुभयो । फिल्टर पाए पछि स्थानियमा खुसि छाएको मेलम्ची नगरपालिकाका सल्लाहाकार बिनोद खनालले जानकारी दिनुभयो ।