तीन खानेपानी आयोजनाको हस्तान्तरण
पहिले हामी खानेपानी लिनका लागि विहानभरीको समय खर्च गरेर जानु पर्दथ्यो अहिले घरकै छेउमा धारा बनेको छ खुसि हुँदै सरीता चापागाइले भन्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाले सोमबार मेलम्ची नगरपालिका १० मा निर्माण गरेको तीन वटा खानेपानी आयोजनाको हस्तान्तरण गरेको छ ।
माथिल्लो क्यामुले, अधेरी जल्केनी र माझी गाउ क्यामुने खानेपानी आयोजनाहरुको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
खानेपानी आयोजनमा रहेको र्ममत सम्भार कोषको वृद्धि गर्दै आगामी दिनमा सिन्धुपाल्चोक जिल्ला शाखाका सभापति राजेनद्रमान ताल्चाभँडेलको सभापतित्वमा गरिएको थियो ।
कोण सभापछि सोसाइटी जिल्ला शाखा र चौतारा उपशाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तामाङले रक्तदान गरी कार्यक्रमको सुरुवात गर्नु भएको थियो । कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, स्थानिय संस्थाका प्रतिनिधि तथा रेडक्रसकर्मिहरुले रक्तदान गर्नुभएको थियो ।