पिछडावर्गले जारी ग¥यो प्रेस विज्ञप्ती

लोकप्रिय समाचार/नेपाल पिछडावर्ग महासंघ राष्ट्रिय कार्यसमितिले एक प्रेस विज्ञप्ती जारी गरेको छ । आफ्नो कार्य सक्रिय र स्वतन्त्र रुपमा गरिरहेको सबैमा जानकारी गराउन कार्यसमितिले विज्ञप्ती जारी गरेको हो । 


कार्यसमितिका अध्यक्ष कौशलकुमार सिंहद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ– पिछडावर्गको अधिकार, पहिचान र प्रतिनिधित्वको लागि स्थापित यो महासंघको नाम लेखी केही व्यक्तिहरु भ्रम छर्दै र झुठ बोलेर नेकपाका शीर्ष नेताहरुलाई भ्रमित पारेर स्वार्थसिद्धि गर्ने कार्य गरेकोमा महासंघ आश्चर्य व्यक्त गर्दछ । कुनै पार्टीको अध्यक्ष विनाको सभामा एकीकरणको विषय आफैंमा हास्यास्पद देखिन्छ । महासंघमा विवाद हुँदैमा कुनै व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थको लागिग महासंघलाई नै कुनै पार्टीमा प्रवेश गराउन नसक्ने विषय भएकोले महासंघ पिछडावर्गको अधिकारको लागि निरन्तर संघर्ष गरिरहने सबैमा अपील गर्न चाहन्छौं ।

साथै एक जना पूर्व राज्यमन्त्री जस्तो व्यक्तिले सभामा आफूले पिछडावर्गको स्थापना गरेको भनी सार्वजनिक रुपमा झूठो अभिव्यक्ति दिएकोमा त्यसको घोर भत्र्सना गर्दछौं तथा भविष्यमा त्यस्तो झूठो अभिव्यक्ति नदिन आग्रह समेत गर्दछौं । त्यो व्यक्तिको पिछडावर्गको आन्दोलन र संघर्षमामा अहिलेसम्म कहींकतैं कुनै भूमिका र सहभागिता नरहेको सबैमा जानकारी समेत गराउँदछौं ।

पंडित विना प्राकृतिक रुपमा मनाईने जितिया पर्वको पावन अवसरमा सबै दिदी बहिनी तथा वर्तालुहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं विज्ञप्तीमा भनिएको छ । 

,
Lokpriyasamachar@. Powered by Blogger.