गोरखाका जनप्रतिनिधिलाई चौतारामा स्वागत


स्थानीय स्तरमा सिंहदरबार अधिकार गाँउमा आएको भनिएतापनि ब्यबहारमा त्यसो नभएको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ्गले बताउँनु भएको छ ।
उहाँले संघीयता लागु भएसँगै सिंहदरबारको अधिकार गाँउ–गाँउमा भनेर नागरिकलाई भनिएको भएता पनि नागरिकसँग अलोकप्रिय हुने काम कर उठाउँन चाँही स्थानीय सरकारलाई लगाएर सिंह दिएको तर नागरिकले पाउँन पर्ने सबै सुबिधा एकै ठाउबाट  पाउँने ब्यबस्था  नगरेर दरबार काठमाण्डौमा नै राख्न खोजेको आफुले महशुस गरेको बताउँनु भयो ।
उहाँले उक्त कुरा चौतारा साँगाचोकगढी नगरपालिकामा आयोजित गोरखा जिल्लाका नगरपालिका तथा गाँउपालिकाका प्रमुख उपप्रमुख लगाएतको टोलीलाई नगरपालिकामा स्वागत गर्ने क्रममा यस्तो बताउँनु भएको हो ।
यसअघि गोरखाबाट सिन्धुपाल्चोकको अवलोकन भ्रमणमा आउनु भएका टोलीहरुको तर्फबाट बोल्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले स्थानीय सरकारलाई संविधानले धेरै अधिकार दिएको भएता पनि सदुपयोग गर्नमा वञ्चित हुन लागेको बताउँदै जिल्लामा रहेका प्रायः सरकारी कार्यलयहरु प्रदेश सरकार अन्तरगत राख्ने प्रयास भइरहेका स्थानीय जनप्रनिधीहरुलाई राम्रोसँग बसेर काम गने कार्यलयको ब्यबस्थापन समेत नभएको  भन्दै अब स्थानीय जनप्रतीनिधीले  पाएको अधिकार संरक्षणको लागी एकजुट हुनपर्ने बताउँनु भयो  । 
उहाँले प्रदेश सरकार र केन्द्र सरकार माताहातमा सबै सरकारी कार्यालय रहने हो भने स्थानीय सरकारको के महत्व भन्दै यस तर्फ समयमा नै सबैको ध्यान जान पर्ने बताउँनु भयो उँहाले समग्रमा आफ्नो नगरपालकिा लगाएत जिल्लाका सबैपालिकाहरुले भोग्न परेका समस्या र त्याहा गरिएका बिकाशका कार्यक्रमहरको बारेमा  जानकारी गराउँनु भएको थियो ।
चौतारा साँगाचोक गढी नगर पालीकाका  प्रमुख प्रशाशकीय अधिकृत इन्द्र बस्यालले समग्रमा चौतारा नगर पालकिाले गरेका कामहरु र जिललाका बारेमा जानकारी गराउँनु भएको थियो ।  चौतारा साागाचोकगढी नगर पालीकाका सल्लाहकार चन्द्र प्रसाद सापकोटा कार्यक्रम अधिकृत राजभाइ श्रेष्ठ लगाएतले टोलीलाई स्वागत गरेको थियो । 
टोलीमा नेपाल पत्रकार महासंघ गोरखाका सभापती किशोरजंग थापा, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, सिरानचौर गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, पालुङटार नगरपालिकाका उपप्रमुख पम्पा बसेल, गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर राना, आरुघाटका अध्यक्ष पूर्णबहादुर दाहाल, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगर, अजिरकोट गाउँपालिकाका अध्यक्ष फणिन्द्रप्रसाद धिताल, धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ, सिरानचौर गाउँपालिकाका उपाध्यक्ष रिता देवकोटा, यूएनडीपीका प्रोजेक्ट अफिसर द्रोण उप्रेती, गण्डकी गाउँपालिकाका उपाध्यक्ष ललिता अधिकारी, अजिरकोटका उपप्रमुख चन्द्रमाया गुरुङ, आरुघाट गाउँपालिकाका उपप्रमुख कल्पना नेपाली हुनुहुन्छ ।
 त्यस्तै शहिद लखन गाउँपालिकाका उपप्रमुख इन्दिरा तिवारी, धार्चे गाउँपालिकाका उपप्रमुख फूलमाया गुरुङ, यूएनडीपीका वरिष्ठ सामाजिक  कार्यकर्ता दशरथ रौनियार, एनएचआरपीका जिल्ला संयोजक राम सापकोटा, यूएनडीपीका परियोजना संयोजक प्रभाकर थापा, वरिष्ठ कार्यक्रम अभिकृत प्रज्ञा प्रधान, रत्न विके, विकास महरा, तारा ढकाल, नविन श्रेष्ठ, इन्द्रप्रसाद बस्याल, राजुभाई श्रेष्ठ, चन्द्र सापकोटा लगायत सहभागि हुनुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.