उद्धघाटनको दिन मात्र चल्यो बस

देबराज सुबेदी मेलम्ची नेकपाका बरिष्ठ नेता माधब कुमार नेपाल द्धारा गत असोज २८ गतेउद्घाटन गरीएको मन्डन देउपुर नगरपालिका भित्र चल्ने नगर बस उद्घाटन दिनमा मात्र चलेको छ । हेलम्बु यातायात सँग भएको सम्झौता अनुसार ४वटा बस नयाँ गाउँ हुदै नगरकोट, देउपुर हुदै नगरकोट चण्डेनी हुदै दोलालघाट र काठमाडौं बाट आएको बस नगर बसपार्क हुदै चुरी थुम्का जानी सहमति भएपनि उद्घाटनको दिनमा मात्र नगर बस चलेको स्थानिय बताउनुभयो । मन्डन देउपुर नगरपालिका प्रमुख टोख बहादुर वाइवा र हेलम्बु यातायातका बरिष्ठ उपाध्यक्ष श्याम कुमार श्रेष्ठ, सचिब दिल बहादुर श्रेष्ठ र वुद्धि दास श्रेष्ठ बिच सम्झौता भएता पनि अहिले सम्झौता अनुसार नगर बस सन्चालनमा नआएको मन्डन देउपुर नगरपालिका प्रमुख टोख बहादुर वाइवाले बताउनुभयो । दशैंको कारणले गर्दा बस चल्नमा केहि समस्या आएको र अब निरन्तर्ता दिने उहाँले बताउनुभयो । नगर बस चल्ने भएपछि आएको स्थानियको खुशि अहिले निरासामा परिणत भएको छ ।


,
Lokpriyasamachar@. Powered by Blogger.