वडा ४ र ५ फाईनलमा प्रवेश

ठुलोसिरुवारी नगरस्तरीय फुटवल प्रतियोगितामा चौतारा सांगाचोक गढि नगरपालिकाको वडा ४ र ५ फाईनलमा प्रवेश गरेका छन् ।
हिजोबाट भएको सेमिफाईनल खेल  अन्तरगत दिउसो २ बजे भएको पहिलो खेलमा चौतारा सांगाचोकगढि नगरपालिका वडा १२ लाई पेनाल्टि सुटमा वडा ४ ले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । निर्धारीत समयमा दुवै टिमबिच दुई गोल बराबरी भएपछि पनाल्टि सुट आउट भएको थियो । जसमा ४ वडा विजई भएको हो । यस्तै  फाईनल प्रवेशका लागि हिजो दिउँसो ४ बजे वडा ९ तथा वडा ५ आमन सामने भएका थिए । जसमा वडा नम्बर ९ लाई २ का विरुद्ध ० ले हराउदै वडा ५ फाईनल पुगेको हो । ५ नम्बर वडाबाट आज मुस्कान श्रेष्ठ र ईसान घिमिरेले गोल गरेका थिए ।
२३ गतेबाट ठुलोसिरुवारी नर्सिङडाडामा सूरु भएको प्रतियोगिताको फाईनल खेल  भोलि १ बजे हुने छ । चौतारा सांगाचोकगढि नगरभित्रका ३ नम्बर वडा बाहेक सबै वडाले सहभागिता जनाएको छ । खेल नक आउटका आधारमा खेलाईएको हो ।

Lokpriyasamachar@. Powered by Blogger.