बालबालिकाहरु विच हात धुने प्रतिस्पर्धात्मक कार्यक्रम

मेलम्ची\मेलम्ची नगरपालिका वडा नं ११ स्थित जागेश्वरी आधारभूत विद्यालयका बाल वालिकाहरु विच हातधुने प्रतिस्पर्धात्मक कार्यक्रम विद्यालयमा सम्पन्न भएको छ । बालवालिकाको आनीवानी परिवर्तनमा सहयोग पुर्याउने उदेश्य अनुरुप सञ्चालन भएको हातधुने प्रतिस्पर्धात्मक कार्यक्रममा १५ जना बालवालिकाको सहभागिता रहेको थियो । 
विद्यालय व्यववस्थापन समितिका अध्यक्ष नैना वहादुर चालिसेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको अवसरमा सोहि विद्यालयका कक्षा ५ का रुपा मिजार प्रथम, कक्षा ४ का सुजिता मिजार द्धितीय, कक्षा ५ का कविता मिजार तृतीय र कक्षा ४ का मुनमाई तामाङले सान्त्वना स्थान हासिल गर्नुभएको हो । कार्यक्रममा विजयी वालवालिकालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्षवाट कार्यक्रमको तर्फवाट प्रमाण पत्र र पुरस्कार वितरण गरिएको हो ।
कार्यक्रमकै अवसरमा वालवालिकालाई विद्यालयका प्रधानाध्यापक जयराम सापकोटा लगायतका वक्ताहरुवाट यस्ता खालका कार्यक्रमहरुलाई निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने, यसले वालवालिकाको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरा वताउंदै सहभागी सवै लगायत महिला आत्म निर्भरता केन्द्र र अक्सफामलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रम अन्र्तगत विभिन्न दिवसको अवसरमा विद्यालय स्तरमा पनि वालवालिका लक्षीत कार्यक्रम सञ्चालन गरिदै आएको र विद्यालय स्तरमा पनि विभिन्न समयमा वालवालिकाको आनीवानी परिवर्तनका कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गरिंदै आएको र यो कार्यक्रम विशेष गरि विश्व हातधुने दिवस अक्टोवर १६ को अवसरमा कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक उमेश नकर्मीले बताउनु भएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.