निर्माण सम्पन्न प्रमाणपत्र वितरण

लोकप्रिय समाचार/मेलम्ची नगरपालिका वडा नं ९ ज्यामिरेका घर निर्माण सम्पन्न गरेका घरधनीलाई हिजो सम्पन्नताको प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता विकास तामाङले प्रमाणपत्र वितरण गर्नुभएको हो । प्रमुख अतिथि तामाङले गुनासोमा फारम भरेका पीडितको सुनुवाइका लागि पहल गर्ने बताउनुभयो ।
ज्यामिरेका १ हजार ३ सय २१ ले तेस्रो किस्ता लिएकामा ८ सय २२ ले पुनर्निर्माण सम्पन्न गरेका छन् । त्यसमध्ये हिजो १ सय ७१ ले प्रमाणपत्र बुझेका हुन् । कार्यक्रममा पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्वअध्यक्ष युवराज पुरी, वडाध्यक्ष कमलबहादुर खड्का लगायतले सम्बोधन गर्नुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.