थकनीमा स्कुल–स्कुलमा प्रहरी कार्यक्रम

लोकप्रिय समाचार/यौनजन्य अपराध लागुऔषध सवारी दुर्घटना न्युनिकरणको लागि जनचेतनामूलक  स्कुल स्कुलमा प्रहरी कार्यक्रम हिजो थकनीमा सम्पन्न गरिएको छ ।
मेलम्ची नगरपालिका–४ थकनि को श्री कृष्ण माध्यमिक बिद्यालय मा २ घण्टे स्कुल स्कुलमा प्रहरी कार्यक्रम आज  सम्पन्न भएको हो । प्रहरी चौकि भोटेचौरको आयोजनामा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा कक्षा ९ देखि १२ सम्मको बिद्यार्थीहरुलाई समाबेश गरिएको थियो । कार्यक्रममा प्रहरी जवान सुरेन्द्र ढकाल ले सवारि दुर्घटनाका कारण , समाधान र कानुनि पक्षका र ट्राफिक नियम तथा चिन्ह को बारेमा बिद्यार्थी हरुसंग सहजिकरण गर्नुभयो ।
यसैगरि बिद्यालयका शिक्षकहरु निर्जला के.शिले घरेलु हिंसा, सुवास पराजुलीले लागुऔषध, बिनय बस्नेतले मानव बेचबिखन तथा ओसारपसार र पर्शुराम घिमिरेले जघन्य अपराधको समस्या, कारण, न्युनिकरणको बारेमा छलफल गर्दै यस्ता समस्या समाधानमा बिद्यार्थीले खेल्ने भुमिका निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै बिद्यालय का प्रध्याना ध्यापक श्यामसुन्दर यादवले ले प्रहरीको साथि हामी सबै हौ र हामिले हाम्रो र हाम्रो समाजको सुरक्षा आफै गर्नु पर्छ भन्दै बिद्यार्थी हरूलाई पनि आफ्नो तथा समाजको समस्या न्युनिकरण गर्दै  सकेसम्म मौनता हैन प्रतिकारले सुरक्षित हुन अपिल गर्नुभएको छ ।


,
Lokpriyasamachar@. Powered by Blogger.