सफलता र असफलता


( रामबाबु कोइराला


 मानिसहरू सफल हुन संघर्ष गर्दछन यद्यपि संसार का ढछ प्रतिशत भन्दा धेरै मानिस हरू औसत जीवन बाँच्दछन। थोरै मानिस मात्र सफल भएका छन। असफल हुनुको कारण नै सफलता लाई भौतिक सुबिधा मात्र ठान्नु एक मात्र कारण हो। सफलता लाई भौतिक सुख सुबिधा को उपलब्धता को आधारमा बुझ्नु सर्वथा अपूर्ण थियो र छ। पूर्वीय मान्यता  अनुसार  सफलता भनेको शान्ति, खुसी, सुखी, प्रेम र आनन्द  हो। र यी घटनाहरू मानिस भन्दा बहिर बाट प्राप्त हुने वा आर्जन गरिने घटना होईनन्। यी सबै घटना मानिस भित्रै घटित हुने घटना हुन।
मानिसको मनको स्थिति नै सफलता र असफलता हो। जो ब्यक्ति को मन शान्ति, खुसी, सुख र आनन्द मा छ उ सफल मानिस हो। र जो संग घृणा,  आबेग, घमण्ड र रिस छ उ असफल मानिस हो। जसको हृदयमा  शान्ति पैदा हुन्छ, सुख पैदा हुन्छ , प्रेम पैदा हुन्छ उसले आसपास का मानिस लाई सुख र शान्ति नै बाड्छ।र उसले अरूबाट त्यही पाउछ। रिस र घमण्ड ले रिस नै बाड्छ र रिस र घमण्ड नै पाउछ। अफुले दिएको चिज मात्र अरू बाट पाईन्छ नदिएको चिज पाइदैन। यी हृदयका अबस्था बिहिरी परिस्थिति बाट निर्धारित हुने होईनन्। ब्यक्ति स्बयम ले निर्धारण गर्ने कुरा हो। तर मानिस यही जीबनको मौलिक आयाम लाई नबुझेर झन झन दुख तर्फ धकेलिदै छ। दुख र असफलता को एक प्रमुख कारण जीबनका यी मौलिक र आधारभूत घटनाहरू मानिसले बाहिरी परिस्थिति अनुसार निर्धारण गर्नु हो। बाहिरी परिस्थिति अक्सर मानिसको ईच्छा अनुसार हुदैनन् र मानिसको बस को कुरा पनि होईन तर आन्तरिक परिस्थिति मानिसको बसको कुरा हो र स्बयम द्वारा निर्धारण र नियन्त्रण गर्न सकिन्छ।
सफलता का लागी आधारभूत शर्त नै शान्ति हो।यदि  ब्यक्ति को हृदय शान्त छैन भने सुख तर्फ अगी बढ्न सक्दैन र सुख बिना खुसी सम्भव छैन र खुसी बिना आनन्द सम्भव छैन। अशान्त र असन्तुलित मन ले गर्ने कुनै  पनि क्रियाकलाप सहि नतिजा मा पुग्न सक्दैन। गलत परिणाम ले थप अन्यौलता सृजना हुन्छ र मानिस दुख तर्फ धकेलिदै जान्छ।

      त्यसकारण सफलता बाहिर बाट आउदैन यो मानिस भित्रै बाट प्राप्त हुने ुअबस्थाु हो। यदी मानिस बाहिरी परिस्थिति को गुलाम बनिरहने हो भने सफलता  असम्भव छ।
 भौतिक सुबिधा का बस्तुहरू सफलता का साधन मात्र हुन साध्य होइनन्न। भौतिक बस्तुहरू ले जीबन को सहजताको लागी मात्र हुन सफलता का होईनन् । किनभने पश्चिमी संसार प्रसस्त भौतिक सुबिधा भएर पनि शान्त, खुसी र सुखी छैनन्। पश्चिमी मानिसहरू सुख र आनन्दको लागी दिनानुदिन ड्रग्स, मादक पदार्थ जस्ता नसामा डुब्दै छ। त्यसकारण सफलता अन्तरमन को परम सुख को अबस्था हो र यो मन बाटै प्राप्त हुन्छ भन्ने सदैब स्मरण रहे सफलता धेरै टाडा छैन।



Lokpriyasamachar@. Powered by Blogger.