जिल्लामा नीति सम्वाद कार्यक्रम सम्पन्न

सन्तोष भण्डारी/सिन्धुपाल्चोक जिल्ला चौतारामा नागरिकता, घटना दर्ता, महिलाको कानुनी अधिकार सम्बन्धी नीति सम्वाद कार्यक्रम हिजो सम्पन्न भएको छ ।
अक्सफाम, ओम्यान याक्टको सहकार्य र हिमालयन ल्यावर्स र एसी साइक्स फर्मको आयोजनामा सो कार्यक्रम भएको हो ।
जिल्ला न्यायधिश टिकाराम आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अधिवक्ताहरु भुपेन्द्र थिङ, खिलनाथ घिमिरे, प्रशासकिय अधिकृत केवशप्रसाद रिजाल, नेपाली कांग्रेसका जिल्ला सचिव बीलबहादुर तामाङ  लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला न्यायधिश  आचार्यले नेपालको नयाँ संविधानमा भएको कुराहरु स्पष्ट रुपमा बताउनुभयो ।
यसैगरी आयोजक तथा अधिवक्ता सरोजकृष्ण घिमिरेले नागरिकता सम्बन्धी कानुनी प्रावधान तथा लैंगिक विश्लेषणबाट जानकारी दिँदै नागरिकता पाउन संवैधानिक तथा कानुनी प्रावधानबाट प्रष्ट रुपमा व्याख्या गर्नुभएको थियो ।
त्यस्तै अधिवक्ता रोशनी पौडेलले मुलुकी देवानी संहिता ऐनमा भएका कुराहरु विवाह सम्बन्धी व्यवस्था, सम्बन्ध बिच्छेद सम्बन्धी व्यवस्था बारे प्रष्ट्याउनुभएको थियो ।
त्यसैगरी खिलानाथ घिमिरेले व्यक्तिगत घटना जन्म, विवाह, बसाइसराई, सम्बन्धविच्छेद, मृत्यु जस्ता ५ वटा घटना अनिवार्य रुपमा दर्ता गराउनुपर्ने बताउनुभयो । सरोजकृष्ण घिमिरेबाट कार्यक्रम भएको थियो । 

Lokpriyasamachar@. Powered by Blogger.