जनजागृतीमा बालक्लवव्यवस्थापनतालिम

लोकप्रियसमचार
मेलम्ची, कटुन्जे
मेलम्चीनगरपालिका वडा नं ११ स्थित जनजागृतीमाध्यमिकविद्यालयको बालक्लबको व्यवस्थापनविकास तालिम कटुन्जेमा सम्पन्नभएको छ । बालक्लवको माध्यमवाट विद्यालयको व्यवस्थापन र सरसफाईमा निरन्तर सहयोग पुर्याउने उदेश्य अनुरुप सञ्चालनभएको २ दिने क्षमताविकास तालिममाजनजागृतीबालक्लवको पदाधिकारी तथा सदस्यहरु गरि २५ जनाको सहभागिता रहेको हो ।


महिलाआत्मनिर्भरता केन्द्र र अक्सफामको साझेदारीमा सञ्चालित नेपालभूकम्पपूर्नलाभतथापूर्ननिर्माण कार्यक्रमअन्र्तगत सञ्चालनभएको तालिममापानीजन्य रोगको रोकथाम, झाडापखाला रोगको रोकथामतथाजीवनजलको प्रयोग, महिनावारी सरसफाई व्यवस्थापनतथाप्रयोगात्मकअभ्यास, सरसफाई तथा स्वास्थ्य सम्वन्धीतथ्यांक, बालअधिकार, बालअधिकारका चार बाकस, बाल संरक्षण, बाल सहभागिता, बालक्लवको साधारण सभा, हिंसा, बालविवाह, बालक्वकोविधान,कार्ययोजनानिर्माणमा बालवालिको भूमिका, विषय सान्दर्भिक डकुमेन्ट्री, गित, कवितालगायतकाविषयवस्तुहरुमा सहजीकरण गरिएको थियो । तालिमको सहजीकरण महिलाआत्मनिर्भरता केन्द्रकाकार्यक्रम संयोजक उमेश नकर्मी,जनस्वास्थ्यप्रर्वद्धन अधिकृत रमेश श्रेष्ठ, सहायक संगितातामाङ, राजेश अधिकारीले सहजीकरण गर्नुभएको थियो ।कार्यक्रमको अवसरमा सहभागीहरु मध्येवाट अस्मी तामाङ, विनोद मिजार,दुर्गा तामाङले तालिमकाविषयवस्तु अत्यन्तै महत्वपूर्ण रहेको, यसले बालक्लवलाई अगाडि वढाउन सहयोग पुग्ने कुरामा जोड दिंदै आयोजक संस्थाप्रतिधन्यवादव्यक्त गर्नु भएको थियो ।

यसै क्रममाविद्यालयकाप्रधानाध्यापक रामवहादुर तामाङले सहयोगी संस्थामहिलाआत्मनिर्भरता केन्द्र र अक्सफामवाट विद्यालयमा छात्रामैत्री, अपाङ्गता मैत्रीशौचालयनिर्माण संगै सरसफाई सुधारतथालागि धेरै महत्पूर्ण सहयोग भईरहेकोर यो तालिमले अझै हाम्राबालवालिकालाई अगाडि वढ्नको लागिथप प्रेरणा मिलेको हुंदा यस्ता कार्यक्रमआगामीदिनमापनि सञ्चालनहुनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमकै अवसरमा जनजागृतीबालक्लवमार्फत विद्यालय स्तरमा सरसफाई लगायतकाक्रियाकलापलाई निरन्तर रुपमा सञ्चालन गर्नको लागिकार्यक्रमको तर्फवाट कार्यक्रम संयोजक उमेश नकर्मीले वालक्लवकाअध्यक्षनिशादुलाललाई नेलकटर, टावेल, सावुन, हार्पिक, ग्लोवस, सेनेटरी प्याड, मास्क, ट्वाईलेट व्रस, डस्टवीन जस्ता सरसफाई सामाग्री हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमको अन्तमाबालक्लवको कार्ययोजनानिर्माण संगै वडा दशैंको शुभकामनाआदानप्रदान सहितकार्यक्रमको समापनभएको थियो । कार्यक्रमको उदेश्यअनुरुपबालक्लवको संस्थागतविकास संगै बालक्लवको दर्ता प्रक्रियालाई अगाडि वढाउनुका साथै स्थानीयनिकायमाबालक्लवको पहुंच अभिवृद्धि गरि विद्यालय र समुदायको सकारात्मकविकास तर्फ बालक्लवको भूमिकालाई क्रियाशील गराउनखोजेको कुरा कार्यक्रम संयोजक उमेश नकर्मीले बताउनुभएको छ ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.