शब्द सारथीमा सर्जक

लोकप्रिय समाचार/सिन्धुपाल्चोका विभिन्न स्रष्टाहरुले मंगलबारबाट शब्द सारथी शृङ्खला सुरु गर्नुभएको छ ।
‘कला साहित्यको सम्मान हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुरु गरिएको शृङ्खलाले जिल्लाका स्रष्टाहरुलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने चौतारीको रुपमा विकास गरिने लक्ष्य रहेको शृङ्खलाका एक सदस्य अमित घिमिरेले बताउनुभयो ।


कार्यक्रमको पहिलो शृङ्खला चौतारा स्थित गौरीशंकर होलमा गरिएको थियो । सो कार्यक्रममा कवि अमित घिमिरे, जीवन श्रेष्ठ, सुन्दर शिरीष, सुरेश बुढाथोकी ‘फकिर’, हेमन प्रधानले शक्तिशाली कविता प्रस्तुत गर्नुभएको थियो । साथै शृङ्खलामा गायक सागर परियारले आफ्नो साङ्गिति प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार अमित घिमिरेले समृद्ध समाज निर्माणको एक अभिन्न अङ्ग साहित्य भएकोले साहित्य सिर्जना गरिरहन स्रष्टाहरुलाई आग्रह गर्नुभएको थियो । ‘हामीले कस्तो समाज निर्माण गर्दै छौं भन्ने कुरा अबका साहित्यमा आउनु जरुरी छ’, घिमिरेले भन्नुभयो– ‘त्यसकारण हामीले सिर्जना गर्ने साहित्यले समाजलाई टेवा पु¥याउने हुनु जरुरी छ ।’

कार्यक्रममा साहित्यकार जीवन श्रेष्ठले आपूmले अहिलेसम्म यस्तो सिर्जना सुन्न नपाएको बताउँदै नयाँ पुस्ता साहित्य सिर्जनामा हस्तक्षेपकारी ढंगले प्रस्तुत भएको जनाउनुभयो । ‘अब हामीजस्तो बुढो पुस्ताको भन्दा पनि नयाँ स्रष्टाहरुले साहित्यमा योगदान गर्न जरुरी छ’, उहाँले भन्नुभयो– ‘यहाँ हामीसँग थुप्रै शक्तिशाली सर्जकहरु छन्, तर उनीहरु छाँयामा परिरहेको अवस्था छ । त्यस्ता सर्जकहरुलाई शब्द सारथी सारथी बन्न सक्नुपर्छ ।
जिल्लाका दर्जन भन्दा बढी साहित्यकार उपस्थित शृङ्खलाको पहिलो कार्यक्रमको समापन साहित्यकार सुन्दर शिरीषले गर्नुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.