वारको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र

लोकप्रिय रिपोर्टर/नेपाल वार एशोसियसन जिल्ला अदालत वार ईकाई सिन्धुपाल्चोकको नव निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम हिजो सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्लाको न्यायिक, प्रशासनिक, राजनीतिक, सामाजिक, सरकारी र गैरसरकारी निकाय, पत्रकार तथा मानव अधिकार क्षेत्रका ५० बढि अगुवाहरुको उपस्थिति रहेको थियो ।
गएको आइतबार जिल्ला वार इकाइ सिन्धुपाल्चोकको १४ औं अधिवेशन तथा २८ औं वार्षिक साधारणसभाबाट अधिवक्ता भेषराम ढकालको  अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको थियो । साधारण सभाले उपाध्यक्षमा अमित घिमिरेलाई निर्विरोध चयन गरेको थियो । त्यस्तै बारको अन्य पदाधिकारीहरुमा सचिवमा भुपेन्द्र थिङ र कोषाध्यक्षमा सुनिता तामाङ सर्वसम्मत चयन भएका थिए ।
सदस्यहरुमा पुण्य खनाल, मकरबहादुर उदास, यज्ञप्रसाद दंगाल, मधुकर मल्ल र शशीनाथ आचार्य चुनिएका थिए । त्यसैगरि  केन्द्रिय पार्षदमा हरिबहादुर कार्की चयन हुनुभएको थियो । निर्वाचित पदाधिकारीहरुलाई आज प्रमाणपत्र वितरण गरीएको हो ।

,
Lokpriyasamachar@. Powered by Blogger.