कर नलिन जनप्रतिनिधिलाई बस्नेतको निर्देशन

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री महोनबहादुर बस्नेतले नेपाली कांग्रेसले जितेका स्थानहरुमा कुनै पनि कर नलिन निर्वाचित पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।
बाह्रबिसेमा बिहीबार आयोजित शुभकामना आदन प्रदान कार्यक्रमा सिन्धुपाल्चोक जिल्लाका  निर्वाचन क्षेत्र नं. १ बाट बिजय भएका वडाअध्यक्षहरुलाई कार्यकर्ताहरुको माझमा उभ्याएर कर नलिन प्रतिबद्धता गर्न लगाउँनु भएको थियो ।

नेपाली कांग्रेस क्षेत्र नं १ को आयोजनामा बाह्रबिसेमा गरिएको शुभकामना आदान प्रदान तथा चियापान समारोहमा बोल्ने कांगे्रसका जिल्ला नेताहरुले बहुमतको सरकार भनेर जनताको स्वतन्त्रता माथी धावा बोेलेको थेग्नै नसक्ने गरि महगीं बढाएको स्वतन्त्र रुपले काम गर्ने अधिकारमा समेत बञ्चीत गरेको  प्रेस  जगतलाई नियन्त्रण गर्न खोजेको जताततै अशान्ती मच्काउँने काम भएको अनावश्यक कर बढाएर जनतालाई महगींको मारमा पारेको जस्ता  बिषयहरुलाई लिएर सरकारको कडा  बिरोध गरेकमा थिए ।
नेपाली काँग्रेसको क्षेत्रीय सभापती बालकृष्ण बस्नेतको सभापतित्वमा भएको सभामा कांग्रेसका नेता प्रेमध्वज लामा, भुपेन्द्र थापा लगाएत हजारौं कार्यकर्ताको उपस्थिति रहेको थियो  ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.