झ्याँडी दूर्घटनाका घाईतेको तामाङद्वारा स्वास्थ्यलाभको कामना, चारको चौतारा अस्पतालमा उपचार हुँदै

लोकप्रिय समाचार/सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका स्थित झ्याँडीमा भएको बस दुर्घटनाका घाइते मध्ये ४ जना चौतारा अस्पतालमा उपचार गराइरहेका  छन् । 

सोमबार चौताराबाट  यात्रु लिएर गएको जुगल यातायातको ११०६ नम्बरको भाडा बस बिपरित दिशाबाट आएको जिपले साइड दिनका लागी सडकको चौडा नपुगेको र जिपले ओरालोमा आएको भएता पनि  पछाडी  व्याक गर्न नमानेपछि बस चालकले विवाद गर्नु भन्दा आफै ब्याक गरेर साइड दिन लाग्दा बस दुर्घटना हुन गएको अस्पतालमा उपचार गराइरहनु भएको भोटसिपाका अस्मिता तामाङ्गले बताउनुभयो । 






बस दुर्घटना भएको खबर प्राप्त हुनासाथ चौतारा अस्पतालबाट डा. पोमावती थापाको नेतृत्वमा डाक्टरहरुसहित घटना स्थलमा जाने तयारी गरिरहँदा घाइतेहरु चौतारा आउँन लागेकोले चौतारामा नै उपचारको व्यवस्था मिलाइ उपचार गर्न लागेको जिल्ला स्वास्थ्य कार्यालयका  एनेस्थेसिया साहयक लक्ष्मीराज श्रेष्ठले जानकारी दिनुभयो । 


झ्याँडीमा बस दुर्घटना भएको खबर पाउनासाथ चौताराबाट प्रहरीहरु उद्धारमा लागेका थिए । एम्बुलेन्स तथा चौतारामा रहेका सरकारी गाडी र नीजि टिपरले समेत घाइतेलाई अस्पतालमा ल्याउँने काम गरेको जिल्ला स्वास्थ्य कार्यालयका नासु शंकर दाहालले बताउनुभयो । 

२९ जना घाइते भएकोमा ६ जनालाई गम्भीर चोट लागेको र त्यस मध्य ४ जनालाई चौतारा अस्पतालमा उपचार गराइरहेको र अरुलाई घर पठाइएको डा. पोमावती थापाले बताउनुभयो ।  घाइते २९ जना मध्य १ जना नुवाकोट जिल्ला त्रिशुली नगरपालिकाकी कञ्चन श्रेष्ठ हुनुहुन्थ्यो भने  उहाँ गर्भवती रहेको समेत भएको थापाले बताउनुभयो । 

चौतारा अस्पताल १५ बेडको स्वीकृत भएर उपचार गराइरहेकोमा ९ जना बिरामी भर्ना गरेर उपचार गराइरहेकोमा थप २९ जनालाई उपचार गराउनु पर्दा अस्पताललाई समस्या परेको थियो भने बाहिर समेत राखेर उपचार गराउनु परेको थियो । 

सिन्धुपाल्चोक जिल्ला  अस्पतालले  यसरी समयमा नै घाइतेहरुलाई उपचार गरेर सेवा दिन सफल भएकोमा घाइतेहरुले अस्पतालको उक्त कार्यको प्रशंशा समेत गरेका छन् । यस घटनालाई लिएर इन्द्रावती गाँउपालिकाका प्रमुख बंशलाल तामाङले घटना प्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । 

उहाँले तत्काल उद्धारमा खट्ने प्रहरी तथा उपचारमा सहयोग गर्ने डा. पोमावती थापा लगाएत चौतारा अस्पताललाई विशेष धन्यवाद दिनुभएको छ । 

त्यस्तै गाउँपालिकाका प्रशासकिय अधिकृत विनोद रोक्काले आफ्नो गाउँपालिकामा भएको यस्तो दुःखद दूर्घटनाले सिङ्गो गाउँपालिकालाई दुःखी बनाएको बताउँदै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । 

घाइतेहरुको अवस्था बारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गर्न प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, नगर प्रमुख अमानसिं तामाङ, वडा अध्यक्षहरु उमाप्रसाद दुलाल, नरमान श्रेष्ठ लगाएतका जनप्रतिनिधिहरुसमेत चौतारा अस्पतालमा पुगेर घाइतेको स्वास्थ्यलाभको कामना गर्दै अस्पताललाई धन्यवाद समेत दिनुभएको थियो । 

चौतारा साँगाचोकगढी नगरपालिकाका स्वास्थ्य विभागका शिव पुरीका अनुसार घाइतेलाई   उपचारमा कुनै पनि कमी हुन नदिनका लागि वडा नं ५ का वडाअध्यक्ष लगाएत अस्पतालका सबै कर्मचारीहरु लागी परिरहेका छन् । 

,
Lokpriyasamachar@. Powered by Blogger.