पुलबाट हामफालेर बेपत्ता

लोकप्रिय समाचार/ सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ को भोटेकोशी पुलबाट हिजो एक ब्यक्ति खोलामा हामफालेका छन् । खोलामा हामफालेका बाह्रबिसे नगरपालिका ८, राम्चेका चित्रबहादुर खत्रीलाई खोलाले
बगाएर बेपत्ता पारेको छ । घटना लगतै प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय बाह्बिसेले खोजतलास सुरु गरेको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट करिब २ किलोमिटको दुरीमा रहेको छ । 


,
Lokpriyasamachar@. Powered by Blogger.