जिल्ला प्रशासन कार्यालयमा धर्ना

लोकप्रिय समाचार/नेपालको बिभिन्न कार्यलयमा कार्यरत करारका कर्मचारीहरुले देशैभर जिल्ला प्रशाशन कार्यलय मार्फत  ज्ञापन पत्र बुझाउँदै १ घण्टा धर्ना दिएका छन् ।


सिन्धुपाल्चोक जिल्लामा पनी  अखिल नेपाल सरकारी  अस्थाइ करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले १ घण्टा घेराउ गर्नुका साथै ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा अस्थाइ तथा करार, ज्यालादारी कर्मचारीहरुको रोजगारको ग्यारेण्टी, अघिल्लो सरकारले गरेको निर्णय कार्यन्वयन  गर्नु पर्ने ३ महिनाको पारिश्रमकि दिएर हटाउँने ब्यबस्था खारेज गरि उचित सम्बोधन हुन पर्ने सरकारले गरेको २०७५ भाद्र २ गतेको निर्णयको बुँदा नं. ७ खारेजी गर्नु पर्ने, उमेरको हद नलगाइ लोकसेवामा प्रतिस्पर्धा गराइनु पर्ने  लगाएतका मागहरु राखी जिल्ला प्रशाशन कार्यलय सिन्धुपाल्चोक अगाडी धर्ना दिदै ज्ञापन पत्र बुझाएका थिए ।

,
Lokpriyasamachar@. Powered by Blogger.