मेलम्चीमा शुभकामना आदानप्रदान कार्यक्रम

लोकप्रिय समाचार/महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको आयोजनामा हिजो मेलम्चीमा बडादशै शुभकामना आदान प्रदान  कार्यक्रम सम्पन्न भएको छ ।
महिला आत्म निर्भरता केन्द्रका अध्यक्ष डोल्मा तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नव निर्वाचित कार्य समितिका पदाधिकारी, उप समितिका सदस्यहरुको स्वागत संगै शुरुवात भएको कार्यक्रमको अवसरमा संस्थागत कार्यक्रमवारे अभिमुखीकरण तथा छलफल कार्यक्रमको अवसरमा संस्थामा कार्यरत दिवंगत हुनु भएका पूर्व कर्मचारीहरु स्व.पार्वती अधिकारी र स्व. देवचन्द्र श्रेष्ठको सम्झनामा १ मिनेट मौन धारणका साथै फोटोमा खादाद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रम व्यवस्थापक कृष्ण वहादुर गुरुङको स्वागत र अनुगमन अधिकृत राजेन्द्र चौंलागाईको स्वागत संगै शुरु भएको कार्यक्रमको दोश्रो चरण अन्र्तगत संस्था र अक्सफामको साझेदारीमा सञ्चालित नेपाल भूकम्प पूर्नलाभ तथा पूर्ननिर्माण कार्यक्रम, फेयरमेडको साझेदारीमा सञ्चालित उपकार परियोजना, केएर नेपालको साझेदारीमा सञ्चालित निश्पक्ष तथा समतामूलक न्यायमा पहुंच सुदृढिकरण परियोजना र कारितास स्वीजरल्याण्डको सहयोगमा सञ्चालित विद्यालय सुदृढिकरण परियोजनाको वारेमा नव निर्वाचित कार्यसमितिलाई अभिमुखीकरण गरिएको थियो ।
कार्यक्रमकै अवसरमा उपकार परियोजना अन्र्तगत कार्यरत सामाजिक परिचालकहरुलाई विदाई खादा र कदरपत्र सहित विदाई गरिएको थियो । कार्यक्रमको तेश्रो चरण अन्र्तगत उपस्थित सहभागीहरु विच शुभकामना आदान प्रदान गरिएको थियो ।
शुभकामना आदान प्रदान गर्नुहुनेमा सामाजिक परिचालकको तर्फवाट मिना सिग्देल, टिका वि.क., कार्यक्रम अधिकृतको तर्फवाट संगिता खड्का र रमेश श्रेष्ठ, कार्यक्रम संयोजकको तर्फवाट उमेश नकर्मी र सिता नेपाली, उप समितिको तर्फवाट गंगा अर्याल, रमा श्रेष्ठ, भवानी भट्टराई, कार्यक्रम व्यवस्थापक कृष्ण वहादुर गुरुङ, कार्य समितिका सदस्य अंकमाया तामाङ, सहसचिव धन कुमारी खनाल, उपाध्यक्ष कल्पना चालिसे लगायतले वडादशैको शुभकामना आदान प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको अन्तमा सभाअध्यक्ष डोल्मा तामाङवाट उपस्थित सवैलाई शुभकामनाका साथ धन्यवाद व्यक्त गर्नुका साथै कार्यक्रमको समापन गर्नुका साथै कार्यक्रमको अवसरमा उपस्थित सहभागीहरुवाट रमाईलो कार्यक्रमहरु समेत प्रस्तुत भएको कुरा कार्यक्रम संयोजक उमेश नकर्मीले जानकारी गराउनु भएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.