एकिकृत वस्ती निर्माणको लागि सम्झौता


महिला आत्मनिर्भरता केन्द्र मेलम्ची र अक्सफामको साझेदारी तथा मेलम्ची नगरपालिकाको समन्वयमा मेलम्ची नगरपालिका वडा नं. १२ थाक्लेमा नमूना वस्ती निर्माण हुने भएपछि स्थानीय समुदायवाट खुशी व्यक्त भएको छ ।
यसै अवसरमा थाक्लेमा हिजो महिला आत्मनिर्भरता केन्द्र र एकीकृत नमूना वस्ती निर्माण समितिविच निर्माण कार्यको लागि सम्झौता सम्पन्न भएको छ । लक्षीत समुदायलाई तोकिएको मापदण्ड अनुसारको सुरक्षीत आवास निर्माणमा सहयोग पुर्याउने तथा एकीकृत वस्ती निर्माण संगै नेपाल सरकारको पूनर्निमाण कार्यमा टेवा पुर्याउने उदेश्य अनुरुप थाक्लेमा ३१ लक्षीत घरधुरीको एकीकृत वस्ती निर्माण गर्न लागिएको हो ।

सम्झौता कार्यक्रमकै अवसरमा महिला संस्थाका कोषाध्यक्ष सुन्तली तामाङ, वडा प्रतिनिधि विन्दा पाठक र अक्सफामका आवास अधिकृत ई.आषिश पुरुष ढकालले वोल्दै तोकिएको मापदण्ड, गुणस्तर र समयलाई मध्यनजर गरि निर्माण कार्य सम्पन्न गर्नुपर्ने साथै स
मुदायका सवै पक्ष सक्रियताका साथ समन्वय, सहकार्य गरि अघि वढ्नुपर्नेमा जोड दिनु भएको थियो ।
निर्माण समितिका अध्यक्ष खिल वहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लक्षीत समुदायका प्रतिनिधि र आयोजक पक्ष विच निर्माणको चरणहरुको वारेमा छलफल समेत भएको थियो । एकीकृत नमूना वस्ती निर्माण कार्य सम्पन्न गर्नको लागि २०७५ फाल्गुन ३० गतेसम्मको समयावधि तोकिएको र नमूना वस्ती निर्माण संगै खानेपानी सरसफाई तथा स्वच्छता, जिवीकोपार्जन, लैंगिक तथा संरक्षण कार्यक्रमलाई एकीकृत रुपमा अझै प्रभावकारी रुपमा कार्यान्वयन गरिने योजना रहेको कार्यक्रम संयोजक उमेश नकर्मीले वताउनु भयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.