गोल्मादेवीको भवन हस्तान्तरण

लोकप्रिय समाचार/हेलम्बुमा रहेको गोल्मादेवी माविको नवनिर्मित छात्रावास भवन स्थानीय सरकारलाई हस्तान्तरण गरीएको छ ।
८४ लाख रुपैयाँ लागतमा निर्मित उक्त भवन दाताको तर्फबाट हेल्प (हेलम्बु एजुकेसन एण्ड लाइभ्लीहुड पार्टनरसीप) का कार्यकारी निर्देशक जिमी लामाले हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पालाई हस्तान्तरण गरेका हुन् । बेलायतको मोन्डो फाउन्डेसनसँगको सहकार्यमा हेल्पद्धारा निर्मित दुई तले उक्त भवनमा भोजनगृह, भान्छा, चार शौचालय र आठवटा छात्रावास कक्ष रहेका छन् ।
२०७२ वैशाख १२ को बिनासकारी भूकम्पले उक्त विद्यालयको छात्रावास भवन भत्काएको थियो । आधारभूत तह पछि माध्यमिक तह पढ्न घण्टौं हिँड्नु पर्ने बाध्यताको अन्त्य गर्न भूकम्पको तीन महिना अघि मात्र विद्यालयले छात्रावास सञ्चालनमा ल्याएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.