म्याग्नेसाइट पुनः सञ्चालनमा ल्याउन पहल

लोकप्रिय समाचार/सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका र बलेफी गाउँपालिकाका जनप्रतिनिधिहरुले दुई दशकदेखि बन्द रहेको नेपाल ओरियण्ड म्याग्नेसाइट कम्पनी प्रालि पुनः सञ्चालनमा ल्याउन पहल सुरु गरेका छन् ।
स्थानीय सरोकारवालहरूसँग छलफल गरी म्याग्ने साइटलाई सञ्चालनमा ल्याउने साझाधारणाको प्रतिवेदन तयार गरेर उद्योगमन्त्री मातृका यादवलाई प्रतिवेदन बुझाइएको प्रदेश सांसद सरेश नेपालले जानकारी दिनुभयो । म्याग्नेसाइट सञ्चालनमा ल्याउन निरन्तर प्रयास गरिरहेको बलेफीगाउँपालिका ८ का वडाअध्यक्ष चरीबहादुर तामाङले बताउनुभयो । उद्योग सञ्चालनको लागि अन्तरक्रिया र सम्भाव्यता अध्ययन कार्यक्रम सम्पन्न गरेको र स्थानीय समुदाय कै लगानीमा उद्योग सञ्चालनमा ल्याउने तयारीमा रहेको उहाको भनाई छ ।
 उद्योग सञ्चालन माल्याउन सिन्धुपाल्चोक र दोलखाको स्थानीय सरकारको प्रतिनिधि सक्रियभएर लागिपरेका छन् । २०३५ सालमा स्थापना भएको उद्योग २०५३ सालमा बन्दभएको थियो । उद्योग बन्द रहे पनि अहिलेसम्म उद्योगमा भएका मेसिन, औजानहरू सबैको अवस्था राम्रो रहेको बताईएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.