राप्रपाको वडा कार्य समिति पदाधिकारी चयन

राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोकको वडा समितिहरुमा पदाधिकारी चयनको प्रक्रियालाई तीव्र रुपले अगाडि बढाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष मोहन ध्वज देउजाको सभापतित्वमा बसेको जिल्ला कार्य समितिको बैठकले सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपालधाप ६ नम्बर वडाको वडा कार्यसमीतिमा पदाधिकारी चयन गरेको छ ।
जसमा अध्यक्षमा ईस्वरी प्रसाद पौडेल र उपाध्यक्षमा हर्क वहादुर वाईवालाई सर्वसहमतिमा चयन गरेको पार्टिका जिल्ला सचिव नातीबाबु सापकोटाले बताउनुभयो । उहाँका अनुसार अन्य पदका लागि अर्को बैठक बसेर निर्णय गर्ने भएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.