धुलाले सास्तीमा चौतारावासी, स्वास्थ्यमा गम्भीर असर

लोकप्रिय समाचार/चौतारा रिङरोडको गुम्बाडाडा देखि शिक्षा कार्यालय पुग्ने तल्लो  सडकको बाटोमा यात्रा गर्ने मात्रै होइन , सडकछेउ व्यापार गर्नेलाई पनि धुलोले सास्ती दिएको छ । हैट, कति धुलो !’ अचेल उक्त सडकमा हिड्ने विद्यार्थि, सर्वसाधरण अधिकांशको मुखबाट निस्कने शब्द बनेको छ । 

धुलोकै कारण तल्लो सडकमा घर भएका र ब्यवसाय गर्नेहरु धुलोकै कारण बिरामि पर्नेसमेत  गरेका छन् । तल्लो बजारमा ब्यवसाय गर्दै आउनुभएकि ज्ञानु भारतिले विहान उठ्दा घाटि दुख्ने समस्या छारोकै कारण भएको बताउनुभयो । धुलो नियन्त्रण र कम गर्न स्थानीय तहले चासो नदिएको स्थानियको गुनासो छ । चौतारा बजारको मुख्य सडकमा पिच गर्ने कार्यभईरहेको छ । सबै यातायात अहिले विकल्पमा त्यहि सडक प्रयोग गरेर हिड्रने गरेका छन् ।

अर्का स्थानिय मैया कटुवालले नगरपालिकाले वर्खाले विगारेको सडकमा दशै अगि मर्मत गर्ने क्रममा माटो ल्याएर सम्माएका थिए । त्यहि माटोकै कारण छारो उडेर घरमानै बस्न नसक्ने अवस्था भएको छ ।
सडकमा हिँड्ने पैदलयात्रु तथा दुईपांग्रे सवारीचालकलाई धुलोले सबैभन्दा बढी सास्ती दिने गरेको छ । यसले उनीहरूको स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको छ विगत तीन–चार वर्षदेखिनै सुख्खा मौसम धुलो उडेर तल्लो बजारका सडक छेउमा घरभएकाहले शास्ति खेपिरहेका छन् ।

धुलोले बालकदेखि वृद्धसम्म सबैलाई प्रत्यक्ष रूपमा असर गरिरहेको छ । धुलोले सर्वसाधारणलाई वर्षौंदेखि सताइरहँदा अब नगरपालिकाले पहल गर्न स्थानियले आग्रह गरेका छन् । गाडी गुड्दा धुलोको मुस्लो आएर सटरभित्र पस्छ । धुलो टकटक्याउँदैमा दिन जाने गरेको ब्यवसाय गर्नेहरुको गुनासो छ । 

नगरपनलिकाले मिलाएर पानिमात्र हालिदिएपनि तत्काललाई राहत हुने उनिहरुको आशा छ । वातावरणविद्का अनुसार पिएम २.५ मा कम आकारका धुलोका कण, कार्बनमोनोअक्साइड र नाइट्रोेजनअक्साइड हुन्छ । यस्ता कण स्वास्थ्यका लागि हानिकारक मानिन्छन् ।

यी कण श्वासप्रश्वासमार्फत शरीरभित्र सजिलै पस्ने हुनाले श्वासनलीमा संक्रमण हुने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार वायु प्रदूषणको तत्कालीन असर सामान्य टाउको दुख्ने, आँखा, नाक, घाँटी र श्वासप्रश्वासमा असरदेखि दीर्घकालीन रूपमा मुटुरोग, मस्तिष्काघात, फोक्सोको क्यान्सर, दम र बालबालिकामा मस्तिष्क विकास तथा प्रजनन क्षमता समेत ह्रास गराउने लगायत हुन्छन् ।

,
Lokpriyasamachar@. Powered by Blogger.