राप्रपा प्रजातान्त्रिक अझै मजबुत– थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातन्त्रिकका माहामन्त्री सुनिल थापाले राप्रपा प्रजातान्त्रिक अझै मजबुद रहेको र पहिलेकै अवस्थामा रहेको बताउनु भएको छ ।
राप्रपा प्रजातान्त्रिक क्षेत्रीय कार्यसमिती क्षेत्र नम्बर २ को आयोजनामा हिजो मेलम्चीमा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्नुहुँदै उहाँले उक्त कुरा बताउनु भएको हो । दुई तिहाईको दम्भ देखाएर सरकारमा बस्नेहरुले बिकाश भन्दा बढी कुरा मात्रै गरेर जनतालाई झुक्याइरहेको पनि उहाँले बताउनुभयो । स्थानीय सरकार आएपछि स्थानीयको समस्याहरु समयमै समाधान हुन्छ भन्ने सोचेको तर मेलम्ची नगरपालिकामा स्थानीय सरकार आएपछि अनियमितता बढेको र दुईतिहाईको बलमा कर बढाएर जनताको ढाड सेक्ने काम भएको भन्दै यसको बिरोध गर्न तथा दशैँ लगतै गाउँ गाउँमा संगठन बिस्तार गर्नतर्फ लाग्न पनि कार्यकर्ताहरुलाई पार्टीले निर्देशन दिएको छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व गृह राज्यमन्त्री बिष्णु बिक्रम थापा लगायत केन्द्रीय सदस्यहरु तथा कार्यकर्ताहरु गरी करिब ६० जनाको सहभागिता रहेको थियो । साथै कार्यक्रमका वक्ताहरुले नजिकै आइरहेको बिजयादशमीको शुभकामना ब्यक्त गरेका थिए ।

,
Lokpriyasamachar@. Powered by Blogger.