डा.सुनिल शर्मालाई अग्रजको सम्मान

लोकप्रिय समाचार/नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई मोरङको रमाईलो स्थित हाटखोलामा बृद्धबृद्धाहरुले सम्मान गरेका छन् ।
सामाजिक सेवामा लागिपर्दै आएका डा.शर्मालाई वृद्धवृद्धा सत्सङ्गालय चौतारी कानेपोखरीले एक कार्यक्रमकावीच सम्मान गरेको हो । सो अवसरमा डा.शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

त्यस्तैगरी कानेपोखरी–६ रमाइलो बस्ने तेजप्रसाद पराजुलीलाई पनि सम्मान गरिएको छ । पराजुलीले सत्सङ्गालय निर्माणका लागि साढे १५ धुर जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । डा.शर्माले पनि सत्संगालय निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग प्रदान गर्नभएको छ । कार्यक्रममा ९० वर्ष माथिका १३ जना वृद्धवृद्धालाईसमेत सम्मान गरी फलफूल वितरण गरिएको छ । 
सो अवसरमा बोल्दै वडाध्यक्ष खड्गबहादुर बस्नेत, सत्सङ्गालयका अध्यक्ष उपेन्द्र कार्की, स्थानीय दानबहादुर बस्नेत लगायतले सहयोगीहरुप्रति आभार प्रकट गर्नुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.