एकीकृत हातेमालोको साधारण सभा सम्पन्न

एकीकृत हातेमालो ग्रामीण विकास संघको २८ औं  वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभामा प्रमुख अथितिको आसनबाट बोल्दै त्रिपुरासन्दरी गाँउपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले ग्रामीण विकास संघले  गरेका कामहरुको प्रशंसा गर्दै ग्रामीण विकास संघको कार्यक्रमका कारण ग्रामीण भेगका नागरिकहरुलाई स्वोरजागरमा सहज पुगेको बताउनुभयो । 
उहाँले  किसानहरुको हितमा नेपाल सरकारले ल्याएको योजना र हातेमालोले गरेको योजनालाई सञ्चालन गर्दै लैजानका लागि माग भइ आएको आधारमा आवश्यकता हेरेर सहयोग गर्ने बताउँनुभयो  । संघका अध्यक्ष सविता श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधरण सभामा वडा नं. ४ वडा अध्यक्ष भोटला थामीले कृषी तथा पशुपालन एबम स्थानीय स्तमा आर्यआर्जनका लागी  काम गरिरहेको संघलाइ अझ प्रभाबकारीताका साथ अगाडी बढ्न आग्रह गर्नू भयो ।
जिल्ला समन्वय समिति सदस्य चन्द्रबहादुर थामीले जिल्ला समन्वय समितिका तर्फबाट हुन सक्ने सहयोग उपलब्ध गराउँने बताउँदै  स्थानीय स्तरमा आयआर्जन मुलक कार्यमा निरन्तरता दिइरहेकामा धन्यबाद दिनुभयो । बाह्रबिसे नगरपालिका स्थित  सुनकोशी गाइ फर्ममा भएको कार्यक्रम उत्कृष्ट कृषकहरुलाई प्रमाणपत्र वितरण र खादा अ‍ोढाएर सम्मान गरिएको थियो भने कृषकहरुलाई तरकारी खेती गर्नका लागि आवश्यक सामाग्री वितरण गरिएको  थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.