युगल ब्याडमिन्टन प्रतियोगिता सूरु

लोकप्रिय समाचार/चौतारा ब्याडमिन्टन एकेडेमिको आयोजनामा चौतारामा हिजोबाट प्रथम जिल्ला स्तरीय युगल खुल्ला ब्याडमिन्टन प्रतियोगिता सूरु भएको छ ।

कभर्ड हल चौतारामा जारी प्रतियोगितामा १५ टिममा रहेर ३० खेलाडिले सहभागिता जनाईरहेका छन् । मेलम्चीबाट ३ , खाडिचौरबाट ४ , सिन्धुवासि तर काठमाडौमा खेदिरहेका २ सङ्रगै चौतारा भेगबाट ५ टिमले प्रतियोगितामा सहभागिता जनाएका छन् । जसमा उमेश श्रेष्ठ र प्रकास श्रेष्ठको टिमले सिद्यै वाई पाएर क्वाटर फाईनल प्रवेश गर्ने मौका पाएको छ । ७ बजेबाट सुरु भएको क्वाटर फाईनल प्रवेश खेलमा आज सुरेन्द्र श्रेष्ठ र कैलास घले टिमलाई हराउदै कुमार सापकोटा र स्याम गौतम टिम क्वाटर फाईनल राउण्डमा प्रवेश गरेको छ । यस्तै कृण्ण श्रेष्ठ र जित वहादुर तामाङलाई पराजित गर्दै अजय तामाङ र अमृत कार्कि क्वाटर फाईनल प्रवेश गरेका छन् । यसैगरी सुजन राना र रुविन श्रेष्ठको टिमलाई हराउदै नारायण श्रेष्ठ र किषन ढुङ्रगाना विजई भएका छन् ।
प्रतियोगितामा विजई टिम खेलाडिले नगद २० हजार र उपविजेताले नगद १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेचौतारा ब्याडमिन्टन एकेडेमिका सदस्य सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

Lokpriyasamachar@. Powered by Blogger.