इसिङ आविमा सम्भोटा लिपि पढाइ

लोकप्रिय समाचार/हेलम्बु गाउँपालिका वडा नं ३ पाल्चोकको इसिङ आधारभूत विद्यालयमा सम्भोटा लिपि पढाइ तथा उद्घाटन समारोह सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि हेलम्बु गाउँशिक्षा समितिका संयोजक खेतनाथ घिमिरेले हेलम्बु गाउँपालिकामा पहिलो सम्भोटा लिपि पढाइ सञ्चालन गरेकामा विद्यालयलाई धन्यवाद दिनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण गिरिले विद्यालयका समस्या राख्नुभएको थियो ।

कार्यक्रममा हेलम्बु सुशासन समितिका संयोजक हर्कबहादुर तामाङ, पर्यटन विभाग तथा खनेपानी विभाग प्रमुख छिरिङ लामा, नेपाल दशनामी समाज सिन्धुपाल्चोकका अध्यक्ष बाबुराम गिरि लगायतले मन्तव्य राख्नुभएको शिक्षक धु्रव गिरिले जानकारी दिनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.