नेकपाको चियापान कार्यक्रम चौतारामा

लोकप्रिय समाचार/ने.क.पा. सिन्धुपाल्चोक पार्टीको आयोजनामा चियापान तथा शुभकामना कार्यक्रम चौतारामा सम्पन्न भएको छ ।

चौतारा बहुमुखि क्याम्पसमा भएको कार्यक्रममा सन्धुपाल्चोक क्षेत्र नम्बर १ सङ्गिय साम्सद अग्नि सापकोटा ,सङ्रगै  प्रदेश ३ का सामासजक विकास मन्त्री युवराज दुलाल तथा नेकपाका दर्जनौ नेताहरूको सहभगितामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरीएको हो ।


कार्यक्रममा चौतारा सांथाचोकगढि नगरपालिकाका प्रमुख अमान सिंह तामाङले स्वागत मन्तब्य प्रस्तुत गर्नुभएको थियो । यसैगरी समारोहलाई संम्बोधन गर्दै सन्धुपाल्चोक क्षेत्र नम्बर १ सङ्गिय साम्सद अग्नि सापकोटाले पुलकै कारण तातोपानि नाका संचालनमा ल्याउन अप्ठ्रयारो परेको भन्दै अब स्टिलकै पुल राखेर भएपनि नाका संचालनमा आउने जानकारी दिनुभयो । यसका लागि प्रधानमन्त्री र सभामुखले समेत चिन सरकारसंग छलफल गरीरहेको जानकारी दिनुभयो ।

यसैबिच अर्को प्रसंगमा साम्सद सापकोटाले निर्मला हत्या प्रकरणमा जघन्य अपराधिलाई जुनसुकै हालतमा कारवाहि भएरै छाड्रने बताउनुभयो । एकाध प्रहरीले गल्ति गरेपनि सिंगो प्रहरी संगठनलाई जोडेर बद्रनाम गर्न नहुने उहाले बताउनुभयो ।

जिल्लामा विगतमा तत्कालीन नेकपा (एमाले) र ए नेकपा (माओवादी केन्द्र) ले अलग अलगरुपमा चाडपर्वका अवसरमा चियापनको आयोजना गर्दै आएकामा आज दुई पार्टीको एकतापछि पहिलोपटक चियापन कार्यक्रम आयोजना भएको हो ।

पार्टि एकिकरणलाई जिल्ला हुदै गाउ तहसम्म चाडै टुङ्रगोमा पुराउन चियापान कार्यक्रममा उपस्थित गाउ गाउबाट आएका कार्यकर्ताहरुले नेतृत्वलाई अनुरोध समेत गरेका छन् ।

यसैबीच, पार्टीको मातहतका कमिटीको एकतालाई पूर्णता दिने पहिलो प्रामिकता भएको शिर्ष नेताहरुले बताएका छन् ।

,
Lokpriyasamachar@. Powered by Blogger.