यातायात सेवामा थप सुविधा दिइने

सन्तोष भण्डारी/३ नं. प्रदेशका विभिन्न पहाडी क्षेत्रहरुमा र ग्रामीण क्षेत्रका प्रत्येक गाउँका नागरिकहरुलाई यातायातको सुविधा दिई रहेको अरनिको भिमेश्वर यातायात सेवा प्रालिले थप सुविधाहरु सञ्चालन गरेको छ ।

काठमाडौँदेखि पूर्व सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायतका पहाडी जिल्लाका प्रत्येक गाउँगाउँमा यातायातको सेवा सञ्चालन गरिरहेको छ । हालसालै विजयादशमीको समेत चापलाई हेरेर काभ्रे जिल्लाका दुर्गम गाउँहरुमा यातायात सेवा सुरु गर्ने भएको छ ।


अरनिको भिमेश्वर यातायात सेवा प्रालीको जुगल यातायात काठमाडौँ पूर्वका सडक पुगेको कुनै पनि गाउँमा यातायात सुविधाबाट बञ्चित रहन नपरोस् भन्दै यो सुविधाको सुरुवात भएको हो ।

अरनिको भिमेश्वर यातायात सेवा प्राली (जुगल यातायात) का सञ्चालक सदस्य रमेश भण्डारीका अनुसार प्रालीले यातायात नपुगेका ग्रामीण क्षेत्रका स्थानीय सरकार तथा स्थानीय नागरिकहरुले यातायात सञ्चालनका लागि माग भै आयमा अन्यन्त्र स्थानमा पनि प्रालीको निर्णय अनुसार सञ्चालन गर्न सकिने बताउनुभएको छ ।

कोशीपारीका नागरिकहरुको माग बमोजिम कात्तिके देउरालीसम्म २० गतेदेखि बस सञ्चालन गर्न लागिएको छ । यस अघि वर्षातको कारण बन्द रहेका ग्रामीण क्षेत्रका सडकहरु प्राय मर्मत सम्भार भै सकेकाले सबै क्षेत्रमा यातायात सेवा सञ्चालन गरेको छ । 

,
Lokpriyasamachar@. Powered by Blogger.