रेडक्रसद्वारा स्वास्थ्य चौकी हस्तान्तरण

लोकप्रिय समाचार/नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाले जापनिज रेडक्रसको सहयोगमा निर्माण गरेको मेलम्ची नगरपालिका वडा नं ९ ज्यामिरे स्वास्थ्य चौकीको भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

निर्माण सम्पन्न भएको स्वास्थ्यचौकी भवन र कर्मचारी आवास भवनको मंगलबार उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले भन्नु भयो रेडक्रसलाई स्वास्थ्य संस्थाको भवन निर्माण गर्न सहयोग गरेकोमा धन्यबाद दिँदै स्वास्थ्य संस्थाबाट स्थानिय बासिन्दाले प्रभाबकारी सेवा प्राप्त गर्न सकुन भन्ने अपेक्षा समेत राख्नुभयो ।

कार्यक्रमा नै प्रमुख अतिथि अर्याल भन्नुहुन्छ नगरपालिका जनतामा सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पु¥याउनका लागि सदैब तत्पर रहेको बताउँदै स्वास्थ्यचौकीहरुमा परेका समस्या र आवश्यकता बारे समयमानै नगरपालिकामा जानकारी पाएमा सेवा प्रदानमा सहयोग पुग्ने बताउनुभयो ।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाका सभापती राजेन्द्रमान ताल्चाभँडेलले रेडक्रसले जिल्लामा भुकम्प पछि लगत्तै आफ्नो सेवा कार्यलाई अगाडी बढाएको स्मरण गर्दै त्यसैको निरन्तरता स्वरुप अहिले जिल्लामा पुर्नर्निमाणका गतिबिधि सञ्चालन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा जापनिज रेडक्रसका कार्यक्रम सल्लाकार रामबहादुर केसि, नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य कार्यक्रम संयोजक सुशिलराज रेग्मी लगाएतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा लामो समयदेखि स्वास्थ्य स्वयमसेविकाको रुपमा सेवा प्रदान गरी निबृत हुनुभएका काँसीरुपा कार्की र बिमला तामाङ साथै स्वास्थ्यचौकीको लागी नेबुलाइजर मेसिन २ वटा सहयोग गर्नुहुने भुपेन्द्रबहादुर खड्का र नेपाल रेडक्रस सोसाइटी तथा जापनीज रेडक्रसलाई सम्मान गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथिले भबनमा रिवन काटेर र ताम्रपत्र खोलेर उद्घाटन गर्नु भएको थियो भने, नेपाल रेडक्रस सोसाइटीका सभापतिले काम सम्पन्नको प्रमाणपत्र नगरपालिकाका मेयरलाई हस्तान्तरण गरी निर्माण सम्पन्न भवन नगरपालिकालाई हस्तान्तरण गर्नुभएको हो ।
रेडक्रसले यो सहित निर्माण सम्पन्न ७ वटा स्वास्थ्यचौकी नेपाल सरकार स्थानिय निकायहरुमा हस्तान्तरण सम्पन्न गरेको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.